माइक्रोले स्कुटरलाई ठक्कर दियो, चालकको मृत्यु

काठमाण्डु टुडे २०७६ वैशाख १० गते १२:५२ मा प्रकाशित

दमौली, १० वैशाख – पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको दमौलीमा आज माइक्रोबसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ब्यास नगरपालिका–१० परेवाडाँडाका २३ वर्षीय रमेश शर्मा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पोखराबाट काठमाण्डुतर्फ जाँदै गरेको ग १ य ४८५ नं को माइक्रोले भित्री सडकखण्डबाट राजमार्गतर्फ आउँदै गरेको ग १३ प ९१८१ नं को स्कुटरलाई ब्यास नगरपालिका–४ शहीदगेट नजिक ठक्कर दिएको थियो ।

ठक्करबाट सख्त घाइते शर्माको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायबउपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । माइक्रोसहित त्यसका चालक प्रहरीको नियन्त्रणमा रहेको रहेको जनाइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us