नेपालगञ्जमा आगलागी, एक करोडको क्षति

काठमाण्डु टुडे २०७६ वैशाख १० गते ११:४१ मा प्रकाशित

राँझा, १० वैशाख – नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोलस्थित एक इलेक्ट्रोनिक्स पसल आगलागी हुँदा क्षति पुगेको छ । धुव्र दाहालले चलाउँदै आएको पसलमा गए राति आगलागी भएको हो ।

आगलागीका कारण धेरै सामान जलेत नष्ट भएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । उनले विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने जानकारी दिए ।

घटनास्थलमा पुगेका नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यका अनुसार राति करिब ९ बजेदेखि सुरु भएको आगलागीबाट एक करोड बराबरको क्षति पुगेको अनुमान गरेका छन् ।

पसल बन्द गरेर घर गएको बेला आगलागी भएको हो । दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा पसलमा लागेको आगो नियन्त्रणमा गरेकाले गोदाम सुरक्षित भएको स्थानीयवासी दत्तप्रसाद आचार्यले जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us