विजयकुमार पाण्डेले दिए अन्नपूर्ण ग्रुप एडिटरबाट राजीनामा

काठमाण्डु टुडे २०७६ वैशाख ८ गते १४:५६ मा प्रकाशित

काठमाण्डु, ८ वैशाख – पत्रकार विजयकुमार पाण्डेले अन्नपूर्ण मिडिया नेटवर्कको समूह सम्पादक (ग्रुप एडिटर)बाट राजीनामा दिएका छन् ।

आफ्नो दोस्रो किताबको प्रकाशन, एपीवान टिभीमा मेगा–सिरिज कार्यक्रमको प्रस्तुतिका लागि समय दिने भन्दै पाण्डेले आइतबार राजीनामा दिएका हुन् ।

राजीनामाबारे उनले ट्विटरमा लेखेका छन्, ‘०७६ सालमा आफ्नो दोस्रो किताबको प्रकाशन, एपीवान टेलिभिजनमा एक मेगा–सिरिज कार्यक्रमको प्रस्तुति र श्रव्य दृश्यको डिजिटल प्लेटफार्ममा बढी समय दिनु पर्ने भएकोले अन्नपूर्ण मिडिया नेटवर्कको ग्रुप एडिटर पदबाट राजिनामा दिएको छु।’

पाण्डे २०७४ असोजमा अन्नपूर्ण मिडिया नेटवर्कको ग्रुप एडिटर नियुक्त भएका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us