
काठमाण्डु, ९ वैशाख – उपत्यकासहित देशभरका धेरै ठाउँको मौसम अहिले बदली भएको छ । केही ठाउँको मौसम भने सफा छ । पश्चिमीसँगै स्थानीयले वायुको प्रभावले मौसम बदली भए पनि अहिले तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् विभूती पोखरेलका अनुसार अहिले बदली भएको ठाउँको मौसम केहीबेरमा खुल्नेछ । तर दिउँसोपछि फेरि बदली भई बेलुकीतिर मेघगर्जन र हुरीबताससहित पानी पर्ने उनको अनुमान छ ।
यस्ताे छ तीनकाे माैसमी अनुमानः
बैशाख ०९ गते (सोमबार)
दिउँसोः देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागहरुमा आंशिक बदली रहने छ। पहाडी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन/चट्यांग/हुरी/बतास सहित हल्का वर्षाको संभावना छ ।
राति: देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन/चट्यांग सहित हल्का वर्षाको संभावना छ ।
बैशाख १० गते (मंगलबार)
दिउँसोः देशको पूर्वी तथा मध्य क्षेत्र लगायत पश्चिमी पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागहरुमा आंशिक बदली रहने छ। पहाडी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन/चट्यांग हुरी/बतास सहित हल्का वर्षाको संभावना छ ।
राति: देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन/चट्यांग/हुरी/बतास सहित हल्का वर्षाको संभावना छ ।
बैशाख ११ गते (बुधबार)
दिउँसोः देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागहरुमा आंशिक बदली रहने छ। पहाडी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन/चट्यांग हुरी/बतास सहित हल्का वर्षाको संभावना छ ।
राति: देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन/चट्यांग/हुरी/बतास सहित हल्का वर्षाको संभावना छ ।