
रामेछाप, ९ वैशाख – लुक्लाबाट रामेछाप आएको तारा एयरको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको छ ।
सोमबार बिहान नाइन एन८८८ कल साइन भएको डोर्नियर विमान अवतरणका क्रममा हाइड्रलेलिक पाइप फुटेर रनवेबाट चिप्लिएको हो ।
दुर्घटनामा मानवीय क्षति भएको छैन् । दुर्घटनापछि रनवे बन्द गरिएको छ । चिप्लिएको जहाज नहटाएसम्म उडान सुचारु हुन सक्ने अवस्था छैन् ।