आईजीपी भन्छन्ः बमजनलाई पक्रिन प्रमाण पुगेन

काठमाण्डु टुडे २०७६ वैशाख ९ गते १४:०८ मा प्रकाशित

काठमाण्डु, ९ वैशाख – नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले हत्या र यौनशोषणको आरोप लागेका रामबहादुर बमजनविरूद्ध यथेष्ट प्रमाण नपुगेकाले पक्राउ गर्न नसकिएको बताएका छन् ।

आफूले कार्यकाल सम्हालेको वर्ष दिन पुगेको अवसर सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै महानिरीक्षक खनालले उजुरी दिएका केहीले उजुरी फिर्ता लिएको बताए ।

‘बमजनमाथि कारबाही गर्न यथेष्ट प्रमाण पुगेन । उजुरी दिएका केहीले फिर्ता लिए,’ खनालले भने, ‘झ्याप्पै समाउन कानुनले दिँदैन तर अनुसन्धान भने रोकिएको छैन ।’

बमजनमाथि आश्रमका आनीहरुमाथि यौन शोषण गरेकोदेखि आश्रममै बेपत्ता पारेको आरोप लागेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us