कञ्चनपुर, १५ असार– महाकाली नदीमा पानीको बहाव असामान्य रूपले बढेपछि शारदा ब्यारेजबाट चारपांग्रे सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । विगत केही दिनदेखिको अविरल वर्षाका कारण नदीको सतह उच्च भएपछि सवारी आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । कार्यालयका सूचना अधिकारी...
काठमाण्डू, १५ असार– प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५...
विराटनगर, १४ असार– मोरङको धनपालथान गाउँपालिका–६, बबिया टोलमा रात शान्त थियो । एक साधारण गाउँको एक साधारण घरभित्र, पाँच वर्षकी आत्तिका सरदार आफ्ना बाबु आमाको अँगालोमा निदाएकी थिइन् । त्यही न्यानो काखमा, उनी सायद कुनै मिठो सपना देखिरहेकी थिइन् । तर ती सपना एक्कासि...
काठमाण्डू, १४ असार– सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० स्थित मेलम्ची–भोताङ सडक खण्डमा बस दुर्घटना भएको छ । भोताङबाट मेलम्चीतर्फ आउँदै गरेको नाप्र३०–००५ख९९७६ नम्बरको बस शनिबार अपराह्न १ बजेतिर सडकबाट इन्द्रावती नदी किनारमा खसेको हो । दुर्घटनामा चालकसहित ८ यात्रु घाइते भएका सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।...
मकवानपुर, १४ असार– मवकानपुरमा खुर्पा प्रहारबाट एक जनाको मृत्यु भएको छ । बागमती गाउँपालिका–९ बेतिनीका ५७ वर्षीय रामबहादुर वाइबाको खुर्पा प्रहारबाट ज्यान गएको हो । घटना शनिबार बिहान ५ बजेतिरको भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुर प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालयका...
सिरहा, १४ असार– सिरहाको अर्नमा गाउँपालिका–१ मा एक युवक रहस्यमय तरिकाले मृत फेला परेका छन् । ४३ वर्षीय अजय महरा शनिबार बिहान गाउँदेखि केही पर रहेको आँपको बगैँचामा मृत अवस्थामा फेला परेका हुन् । शव मुलिफ अलि मन्सुरको जमिनमा रहेको रुखमुनि लडिरहेको अवस्थामा भेटिएको...
ताप्लेजुङ, १४ असार– ताप्लेजुङको एकमात्र हवाई सेवा सञ्चालन हुँदै आएको सुकेटार विमानस्थलमा हवाई उडान ठप्प भएको छ । चार महिना लामो बन्दपछि चैतको अन्तिम साताबाट पुनः सञ्चालनमा आएको नेपाल वायु सेवा निगमको हवाई सेवा जेठ ३० गतेयता एकपटक पनि सञ्चालन हुन सकेको छैन ।...
मकवानपुर, १४ असार– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९ सान्नाटारमा रगताम्मे अवस्थामा भेटिएका पुरुषको मृत्यु भएको छ । गस्तीमा रहेको प्रहरी टोलीले शनिबार बिहान गम्भीर अवस्थामा फेला पारेर ती पुरुषलाई अस्पताल लगेको थियो । सडकमा रगताम्मे अवस्थामा लडिरहेका ती पुरुषलाई उद्धार गरेर हेटौंडा अस्पताल लगिएकामा चिकित्सकले...
कैलाली, १४ असार– कैलालीको गौरीगंगा नगरपालिका–७ स्थित निराजन सामुदायिक वन क्षेत्रबाट प्रहरीले दुईवटा भरुवा बन्दुक फेला पारेको छ । कैलाली प्रहरी प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार ती बन्दुक वन क्षेत्रमा लुकाइएको अवस्थामा फेला परेका हुन् । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको...
मकवानपुर, १४ असार– मकवानपुको राक्सिराङ गाउँपालिका–८ माईसिराङमा शुक्रबार साँझ परेको चट्याङ लागेर एक बालिकाको ज्यान गएको छ । मृत्यु हनेमा ६ वर्षीया एनिका चेपाङ रहेको कमवानपुर प्रहरीले जनाएको छ । चट्याङ लागेर मृतककी आमा २५ वर्षीया रबिनासहित चार जना घाइते भएका छन् । चट्याङ...
काठमाण्डू, १४ असार– राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भई ग्रेड प्राप्त गर्न नसकेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि पूरक परीक्षा सञ्चालन हुने जनाएको छ । बोर्डका अनुसार पूरक परीक्षा २०८२ साल साउन २९ गते बिहीबारबाट सुरु...
काठमाण्डू, १४ असार– जल तथा मौसम विज्ञान विभागले शनिबार साँझदेखि लुम्बिनी प्रदेशसहितका पश्चिम नेपालका केही ठाउँमा भारीदेखि अतिभारी वर्षा हुने जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुन विशेष मौसम बुलेटिन जारी गरी आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागका अनुसार बङ्गालको खाडी तथा...