कैलालीमा २ वटा भरूवा बन्दुक बरामद

काठमाण्डु टुडे २०८२ असार १४ गते १०:४४ मा प्रकाशित

कैलाली, १४ असार– कैलालीको गौरीगंगा नगरपालिका–७ स्थित निराजन सामुदायिक वन क्षेत्रबाट प्रहरीले दुईवटा भरुवा बन्दुक फेला पारेको छ ।

कैलाली प्रहरी प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार ती बन्दुक वन क्षेत्रमा लुकाइएको अवस्थामा फेला परेका हुन् ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति करिब ११ः३० बजे बन्दुक बरामद गरेको हो ।

बरामद भएका बन्दुकमध्ये एउटा प्रयोगका लागि तयारी अवस्थामा अर्थात् बारूद लोड गरिएको अवस्थामा फेला परेको छ भने अर्को बन्दुकको नाल भाँचिएर दुई टुक्रा भएको अवस्थामा भेटिएको बताइएको छ ।

दुबै बन्दुक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मसुरियामा सुरक्षित रुपमा राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us