मुलुक प्रमुख

एक साताका लागि प्रतिनिधि सभाको बैठक स्थगित

२०८२ असार १५ गते १७:२६

काठमाण्डू, १५ असार– प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित भएको छ । आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकले संघीय निजामती सेवा विधेयक पारित भएसँगै एक साताको लागि स्थगित भएको हो । त्यसपछि सभामुख देवराज घिमिरेले अर्को बैठक असार २३ गते दिउँसो १ बजे...

काठमाण्डू जिल्ला अदालतबाट हत्कडीसहित थुनुवा फरार

२०८२ असार १५ गते १७:१२

काठमाण्डू, १५ असार– जिल्ला अदालत काठमाण्डूबाट हत्कडीसहित एक थुनुवा फरार भएका छन् । फरार हुनेमा पश्चिम रूकुमको बाँफिकोट गाउँपालिका–१ घर भए काठमाडौं गोंगबु बस्ने २१ वर्षीय निराजनजंग ठकुरी भन्ने दशरथ शाही रहेका छन । थुनछेक बहसका लागि आइतबार अदालत उपस्थित गराउने क्रममा उनी अदालतबाटै...

बस चालक र स्थानीय युवाको विवादले यात्रुको मृत्यु

२०८२ असार १५ गते १५:२९

काठमाण्डू, १५ असार– जुम्लाको हिमा गाउँपालिका–१ बड्कीमा शनिबार बेलुका भएको बस चालक र स्थानीय युवाबीचको विवादले एक यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा मुगुको छायानाथ रारा नगरपालिका–५ का ५८ वर्षीय हरिचन्द्र कार्की रहेको जिल्ला प्रहरी कार्यलय जुम्लाले जानकारी दिएको छ । मुगुबाट नेपालगञ्जतर्फ...

स्वास्थ्यमन्त्री पौडेल अस्वस्थ, ज्वरो आएपछि वीरमा भर्ना

२०८२ असार १५ गते १५:२२

काठमाण्डू, १५ असार– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भई वीर अस्पतालमा भर्ना भएका छन । उनलाई केही दिनदेखि लगातार ज्वरो आएपछि शनिबार अस्पताल भर्ना गरिएको उनको सचिवालय स्रोतले जानकारी दिएको छ । मन्त्री पौडेलको उपचारमा संलग्न अस्पतालका वरिष्ठ फिजिसियन डा( ध्रुव गैरेका...

मुगुको जिमा केन्द्रविन्दु भएर भूकम्प

२०८२ असार १५ गते १५:१७

काठमाण्डू, १५ असार– मुगुको जिमा केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज (आइतबार) दिउँसो २ बजेर ३४ मिनेटमा मुगुको जिमा केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का जिमा आसपासका क्षेत्रहरूमा समेत महसुस गरिएको...

एकान्तकुनाबाट बलात्कार आरोपी पक्राउ

२०८२ असार १५ गते १४:०९

काठमाण्डू, १५ असार– ललितपुर महानरपालिका–४ एकान्त कुनाबाट बलात्कार आरोप लागेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका–५ घर भई ललितपुर महानगरपालिका–४ एकान्तकुना बस्ने २३ वर्षीय अमृत गैरे भनिने अमृत सार्की रहेको प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रहरी परिसर काठमाण्डूको...

काठमाण्डूको मनमैजुको एक होटलमा पुरुषको शव फेला

२०८२ असार १५ गते १४:०३

काठमाण्डू, १५ असार– काठमाण्डूको तारकेश्वर नगरपालिका –११ मनमैजुको एक होटलमा पुरुषको शव फेला परेको छ । होटलको २०२ नम्बर कोठामा ३५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । मनमैजुस्थित आनन्द टोलस्थित राप्ती फेन्सी होटलमा एक पुरुषको शव भेटिएको प्रहरीको...

काठमाण्डू भ्यू टावरका ठेकेदार भेटवाल पक्राउ परे लगत्तै सुटुक्क अस्पताल भर्ना

२०८२ असार १५ गते १३:४७

काठमाण्डू, १५ असार– काठमाण्डू भ्यू टावरका ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परे लगत्तै सुटुक्क अस्पताल भर्ना भएको खुलेको छ । शुक्रबार पक्राउ परेका भेटवाल त्यसलगत्तै अस्पताल भर्ना भएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । प्रहरी उच्च स्रोतका अनुसार उनलाई धुम्बराहीको ह्याम्स अस्पतालमा भर्ना गराइएको...

भ्रष्टाचार मुद्दा लागेका पूर्वमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालतमा हाजिर

२०८२ असार १५ गते १३:४४

काठमाण्डू, १५ असार– नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिदमा भ्रष्टाचार मुद्दा लागेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन । पूर्वमन्त्री बस्नेतले विशेष अदालतमा उपस्थित हुन पाँउ भनी निवेदन दिएका थिए । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा...

स्पेन पुगे प्रधानमन्त्री

२०८२ असार १५ गते १२:४७

काठमाण्डू, १५ असार– प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको मेड्रिड पुगेका छन् । विकासका लागि वित्तसम्बन्धी संयुक्त राष्ट्रसङ्घको चौथो अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको मेड्रिड पुगेका हुन । प्रधानमन्त्री ओलीलाई स्पेनस्थित अडोल्फो सौरेज बराजाज अन्तरराष्ट्रिय विमानस्थलमा स्पेनका लागि नेपाली राजदूत...

सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ जना घाइते

२०८२ असार १५ गते १२:१९

काठमाण्डू, १५ असार– सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन । मृत्यु हुनेमा रामधुनी–६ का ३४ वर्षीय इनर्चन चौधरी, उनका छोरा ९ वर्षीय प्रनिष चौधरी र सुनसरीको इनरुवा नगरपालिका–६ का अन्दाजी ५०...

कहाँकहाँ हुँदैछ भारी वर्षा ?, १२ जिल्लामा ‘अलर्ट’ जारी

२०८२ असार १५ गते ८:४४

काठमाण्डू, १५ असार– आगामी केही दिन नेपालका विभिन्न भूभागमा भारीदेखि धेरै भारी वर्षा हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले शनिबार साँझदेखि सोमबार बिहानसम्म कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । बंगालको खाडी र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us