मुलुक प्रमुख

काठमाण्डू महानगरले जफत गर्‍यो ४४ जार

२०८२ असार १७ गते १४:४५

काठमाण्डू, १७ असार– काठमाण्डू महानगरपालिकाले ४४ वटा जार जफत गरेको छ । प्रशोधित पानीको सेवा दिने व्यवसायीका २८ वटा सवारी साधनको अनुगमन गर्दा कुच्चिएका, फुटेका भेटिएपछि जार जफत गरेको महानगरले जनाएको छ । महानगरको अनुगमनको जिम्मेवारी लिएको कृषि तथा पशुपन्छी विभागले मंगलबार गोङ्गबु बसपार्क...

अमेरिका पठाउने भन्दै ७५ लाख ठगेको आरोपमा एक जना पक्राउ

२०८२ असार १७ गते १३:४२

काठमाण्डू, १७ असार– आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा अमेरिका पठाइदिन्छु भन्दै पीडितबाट ७५ लाख ५० हजार ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–७ बस्ने तनहुँ व्यास नगरपालिका–१२ घर भएका ३० वर्षीय रन्जन पाण्ड छन् । रन्जनले...

‘प्रहरी हुँ’ भन्दै लुटपाट गरेको आरोपमा दुई जना पक्राउ

२०८२ असार १७ गते १३:०७

काठमाण्डू, १७ असार– विराटनगरमा ‘प्रहरी हुँ’ भन्दै लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका– ८ का २४ वर्षीय समीर हुसेन र सोही पालिका– ६ का २७ वर्षीय आशिफ अन्सारी रहेका रहेको प्रहरीले जनाएको छ । प्रहरीको नाममा...

ट्रक दुर्घटनामा चालकको मृत्यु, सह-चालक घाइते

२०८२ असार १७ गते ९:४९

मकवानपुर, १७ असार–पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे क्नजिकै मंगलबार बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सहचालक घाइते भएका छन् । भारतको बनारसबाट सिमेन्ट उद्योगका लागि कोइला बोकेर आइरहेको युपी–६–एटी–०९६२ नम्बरको लहरी ट्रक अनियन्त्रित भई दुर्घटनामा परेको हो । ट्रकको अगाडि भाग...

मोटरसाइकलसहति खसेर चालकको मृत्यु

२०८२ असार १७ गते ९:४०

रुकुमपूर्व, १७ असार– रुकुमपूर्वको सिस्ने गाउँपालिका–४ तातोपानीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५४ वर्षीय दलप्रसाद सुनार छन् । रुकुमकोटबाट सिस्ने–३ पोखरा गाउँतर्फ जाँदै गरेको रा३प ४५३४ नम्बरको मोटरसाइकल सोमबार साँझ करिब साढे ६ बजेतिर अनियन्त्रित भई सडकबाट झन्डै...

पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर मुद्धा दायर

२०८२ असार १६ गते २१:५५

काठमाण्डू, १६ असार– पत्रकार दिलभूषण पाठकमाथि विद्युतीय कारोबारसम्बन्धी अपराधमा मुद्धा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार काठमाण्डू जिल्ला अदालतमा विद्युतीय कारोबार ऐनअनुसार अभियोगपत्र दर्ता गरेको हो । सह–न्यायाधिवक्ता रामहरि शर्मा काफ्लेका अनुसार नेपाल प्रहरीको साइबर ब्युरोबाट प्राप्त अनुसन्धान प्रतिवेदनका आधारमा सो...

काठमाण्डूमा चार तले भवनबाट खसेर दुई मजदुरको मृत्यु

२०८२ असार १६ गते २१:४६

काठमाण्डू, १६ असार– काठमाण्डूको दरबारमार्गस्थित एक घरको चौथो तलाबाट खरेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीका ३२ वर्षीय प्रदेशी चौधरी र बर्दियाका करिब २२ वर्ष विशाल चौधरी छन् । दरबारमार्गको हिटीपोखरी नजिकै निर्माणाधीन घरको चौथो तलाबाट खसेर सोमबार साँझ दुई कामदारको...

नागार्जुनका मेयर मोहन बस्नेत भ्रष्टाचारी ठहर, ११ वर्ष तीन महिना जेल सजाय

२०८२ असार १६ गते २१:३४

काठमाण्डू, १६ असार– विशेष अदालतले काठमाण्डूको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई भ्रष्टाचार मुद्धामा दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको संयुक्त इजलासले सोमबार सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा दोषी ठहर गर्दै बस्नेतलाई ८ वर्ष कैद सजाय सुनाएको...

तमोर नदीमा नुहाउने क्रममा बगेर एक जना बेपत्ता

२०८२ असार १६ गते १७:४३

काठमाण्डू, १६ असार– ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३ का एक युवा तमोर नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका छन । मिक्वाखोला–३ निवासी २५ वर्षीय लाक्पा शेर्पा आज दिउँसो साढे १२ बजे फुङ्लिङ नगरपालिका–१ स्थित तमोर नदीमा नुहाउने क्रममा बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी...

महिलाको अश्लिल भिडिओ बनाउँदै बेच्ने गरेको आरोपमा एक व्यक्ति पक्राउ

२०८२ असार १६ गते १७:४०

काठमाण्डू, १६ असार– प्रहरीले महिलाको अश्लिल भिडिओ बनाउँदै बेचेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घर भएका २९ वर्षीय रमेश थापा छन् । उनलाई प्रहरीले काठमाण्डूको टोखाबाट पक्राउ गरेको हो । उनले नेपाल र विदेशमा समेत रहेका महिला...

पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको मुद्दा

२०८२ असार १६ गते १७:२५

काठमाण्डू, १६ असार– जिल्ला अदालत काठमाण्डूमा साइबर अपराध गरेको आरोपमा पत्रकार दिलभूषण पाठकविरुद्ध मुद्दा दायर भएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा पाठकविरुद्ध मुद्दा दायर गरेको हो । प्रहरीले पक्राउ पूर्जी जारी गरेर पाठकमाथि अनुसन्धान अघि बढाउन खोजेको...

धनगढीका झन्डै एक हजार घर डुबानमा, ८ जनाको उद्धार

२०८२ असार १६ गते १४:५०

काठमाण्डू, १६ असार– धनगढीमा अविरल वर्षापछि घर डुबानमा परेर फसेका आठ जनालाई प्रहरीले उद्धार गरेको छ । धनगढी उपमहानगरपालिका –७ को बेली गाउँका चार जना र धनगढी–१३ को श्रीलंकाका चार जना गरी आठ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ । जिल्ला...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us