काठमाण्डू, १९ असार– सर्वोच्च अदालतले लामो समयदेखिको अन्योल चिर्दै संवैधानिक निकायमा भएको ५२ जनाको नियुक्तिलाई वैध ठहर गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित ५ न्यायाधीशको संवैधानिक इजलासले बुधबार मध्यरातमा फैसला सुनाएको हो । फैसलामा प्रधानन्यायाधीश राउत र न्यायाधीश नहकुल सुवेदीले राय बझाएका छन् ।...
काठमाण्डू, १९ असार– बारामा रहेको जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट भएको छ । जितपुर सिमरा उपमहानगरपालिकामा रहेको स्टिलको उद्योगको भट्टीमा गएराति विस्फोट भएको हो । फलाम पगाल्ने क्रममा भट्टी विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटमा परी उद्योगमा कार्यरत मजदुर भारतको बिहारस्थित सीतामढीका ३५ वर्षीय...
काठमाण्डू, १९ असार– देशभर मनसुनी प्रणालीको प्रभाव सक्रिय रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेकाले हाल देशका धेरै भू–भागमा वर्षा भइरहेको छ । बिहीबार बिहान कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानहरूमा वर्षा मापन गरिएको छ । दिउँसोका लागि...
काठमाण्डू, १८ असार– सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक आयोगका ५२ पदाधिकारीहरूको नियुक्ति सदर गर्ने फैसला गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरु मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको पाँचजना सम्मिलत इजलासमध्ये ३ जनाको बहुमतले बुधबार मध्यरातमा उक्त फैसला...
काठमाण्डू, १८ असार– काठमाण्डूमा डेटिङ एप बनाएर अवैध धन्दा सञ्चालन गरेको आरोपमा प्रहरीले ६ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुरको दमकल चोकबाट ६ चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । उनीहरुले दमकल चोकमा एक घर भाडामा लिएर सोसियल सफ्टवयेर...
काठमाण्डू, १८ असार– रसुवाको कालिका गाउँपालिका–२ मा दुईवटा बच्चासहित एउटा चरी बाघ भेटिएको छ । बस्ती नजिकै ढुंगाको कापमा बसिरहेको अवस्थामा केही दिनअघि दुई बच्चासहित दुर्लभ चरी बाघ भेटिएपछि आफूहरु हेर्न गएको कालिका रेन्ज पोष्टकी रेन्जर सुलक्ष्या श्रेष्ठले पुष्टि गरेकी छन । उनले भनिन्,...
काठमाण्डू, १८ असार– चौरजहारी नगरपालिका–३ टाटागाउँका ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले आफ्नी ३० वर्षीया श्रीमती देविकाको खुकुरी प्रहार गरी हत्या गरेका छन् । गए राति निजले खुकुरी प्रहार गरेर देविको हत्या गरेको जिल्ला प्रहरी कार्यलय रुकुमपश्चिमले जानकारी दिएको छ । घटनास्थलबाट खुकुरीसहित चन्द्रबहादुरलाई नियन्त्रणमा लिइएको...
काठमाण्डू, १८ असार– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका–३ बस्ने स्याङ्जा बिरूवा गाउँपालिका–१ घर भएकी ५१ वर्षीया कमला कुमारी केसी रहेकी छिन् । कमलाले बुल्गेरिया...
काठमाण्डू, १८ असार– संविधानसभा सदस्य एवं नेपाली कांग्रेस बाराका पूर्वसचिव रामअयोध्या यादवको निधन भएको छ । लामो समयदेखि मिर्गौला रोगबाट पीडित यादवको ७२ वर्षको उमेरमा आज (बुधबार) वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा आज बिहान मृत्यु भएको हो । बाराको सुवर्ण गाउँपालिका–२ कवहीजगात गाउँका यादव २०७०...
काठमाण्डू, १८ असार– बाँकेमा श्रीमतीलाई करेन्ट लागेको देखेपछि बचाउन गएका एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बैजनाथ गाउँपालिका–२ कलरामपुर स्याली गाउँ बस्ने ७३ वर्षीय खड्कलाल जैसी रहेको जिल्ला प्रहरी कार्यलय बाँकेले जानकारी दिएको छ । उनको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको प्रहरीले...
काठमाण्डू, १८ असार– जनकपुरमा ज्वाइँले ससुरालाई चक्कु प्रहार गरी हत्या गरेका छन । जनकपुरधाम उपमहानगरपालिका–१५ कुवारामपुर बस्ने ६५ वर्षीय बासुदेवप्रसाद विमलको उनकै ज्वाइँ जनकपुरधाम-२१ कुर्थाका ४८ वर्षीय बेचन महासेठले चक्कु प्रहर गरी हत्या गरेको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ । विमललाई उनकै ज्वाइँ...
काठमाण्डू, १७ असार– राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबाहादुर शाहीले गृहमन्त्रीले एलिना र समीक्षालाई न्याय दिन्छु भन्ने कुरालाई लिएर कडा टिप्पणी गरेका छन् । प्रमुख सचेतक शाहीले मंगलबार सामाजिक सञ्जालमा लेख्दै आफ्नै जिल्लाकी निर्मला पन्तलाई न्याय दिन नसकेको पनि आरोप लगाएका छन्। उनले...