काठमाण्डूको मनमैजुको एक होटलमा पुरुषको शव फेला

काठमाण्डु टुडे २०८२ असार १५ गते १४:०३ मा प्रकाशित

काठमाण्डू, १५ असार– काठमाण्डूको तारकेश्वर नगरपालिका –११ मनमैजुको एक होटलमा पुरुषको शव फेला परेको छ । होटलको २०२ नम्बर कोठामा ३५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

मनमैजुस्थित आनन्द टोलस्थित राप्ती फेन्सी होटलमा एक पुरुषको शव भेटिएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । मृत भेटिएका व्यक्ति नुवाकोटको लिखु गाउँपालिका–५ घर भएका सम्पूर्ण गौतम रहेको प्रहरीले बताएको छ । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको पनि प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us