काठमाण्डु, १७ माघ– काठमाण्डु महानगरपालिकाले २० तलासम्म लागेको आगो निभाउने र साँघुरा सडकमा पनि जान सक्ने प्रकृतिका तीनवटा वारुण (दमकल) यन्त्र खरिद गरेको छ । नयाँ दमकल फागुनभित्र आइसक्ने जनाइएको छ । महानगरपालिकाले महानगर क्षेत्रमा आगलागीको सम्भावित जोखिमलाई ध्यानमा राखेर एउटै प्रकृतिका तीनवटा वारुणयन्त्र...
काठमाण्डु, १७ माघ– अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विवादले सत्ता गठबन्धनभित्र तनाव बढेको छ । गठबन्धनका अन्य दलले भने एमसीसी अहिलेकै अवस्थामा पारित गर्न नसकिने अडान राख्दै आएका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को चालु अधिवेशनबाटै एमसीसी...
काठमाण्डु, १६ माघ– राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदहरुप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएकी छन् । शहीद दिवसका अवसरमा आइतबार एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले मुलुकका लागि प्राण आहुति...
काठमाण्डु, १६ माघ– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई डाक्टरबीच अप्रेसन थिएटरमा भएको विवादबारे नेपाल मेडिकल काउन्सिलले छानबिन सुरु गरेको छ । घटनाबारे उजुरी परेपछि काउन्सिलबाट सदस्य डा. हरिहर वस्तीको नेतृत्वमा ३ सदस्यीय टोली छानबिन गर्न प्रतिष्ठान पुगेको छ । छानबिन टोलीमा वस्तीसँगै...
काठमाण्डु, १६ माघ– सरकारले पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेको छ । त्यसका लागि उक्त उमेर समूहका बालबालिकाले लगाउन मिल्ने फाइजर खोप खरिद प्रक्रियासमेत अगाडि बढाइएको छ । कोरोना सङ्क्रमणको उच्च जोखिममा बालबालिका पनि पर्ने भएकाले सरकारले...
काठमाण्डु, १६ माघ– राष्ट्रिय जनमोर्चा विभाजित भएको छ । यसअघि नेकपा मसालबाट विभाजन भएर नेकपा मसाल समन्वय समितिको केन्द्रीय समिति बनेको भए पनि अब सो पार्टीको वैधानिक मोर्चाको रूपमा रहेको राष्ट्रिय जनमोर्चाको पनि समन्वय समिति बनेको छ। भर्चुअल माध्यमबाट शनिबार सम्पन्न विशेष राष्ट्रिय भेलाबाट...
काठमाण्डु, १५ माघ– कोरोना संक्रमण रोक्न सरकारले २५ जनाभन्दा बढी भेला हुन निषेध गरेको छ । तर, मधेस प्रदेशका एक मन्त्रीले छोरीको विवाहमा हजारौंलाई भेला गरेर भोज नै खुवाएका छन् । सरकारकै स्वास्थ्य मापदण्डको उल्लंघन गरे। आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले छोरी मेघाको...
काठमाण्डु, १५ माघ–नेपालमा कोरोना संक्रमणदर केही दिनदेखि ओरालो लाग्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । माघ ९ गते ५०.८ प्रतिशत रहेको संक्रमणदर विस्तारै ओरालो लाग्दै गएको तथ्यांकबाट देखिन्छ । परीक्षण गरिएका नमुनामा माघ ११ गते ४८.७ प्रतिशत, १२ गते ४६.३ प्रतिशत,...
काठमाण्डु, १४ माघ– स्थानीय तहमा एमालेको वर्चश्व छ । प्रदेश र संघीय सरकारमा भने अरू नै दल छन् । उनीहरू एमालेलाई घेराबन्दी गरिरहेका छन् । यस्तो अवस्थामा स्थानीय सरकारबाट पनि एमालेलाई हटाएर अरू जनप्रतिनिधि ल्याउनु सत्तारुढ गठबन्धनको हितमा हुन्छ । तर, अहिले भएकै जनप्रतिनिधिको...
काठमाण्डु, १४ माघ– लामो समयदेखि महँगा विदेशी मदिराको कारोबार गर्दै आएको व्यापारिक घराना ओमप्रकाश अग्रवालको परिवार नै झन्डै एक महिनादेखि फरार छन् । काठमाडौँको दरबारमार्ग र कान्तिपथमा ग्रिन लाइन सेन्टर प्रालिको नाममा २५ वर्षदेखि व्यवसाय गर्दै आएको अग्रवाल परिवार विभिन्न बैङ्कबाट लिएको करिब एक...
काठमाण्डु, १४ माघ– उचित जिम्मेवारी र मर्यादाक्रमलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा रहेका पूर्वमाओवादी नेतामा नेतृत्वप्रति असन्तुष्टि बढेको छ । उचित जिम्मेवारी नपाएको र आफूहरूभन्दा कनिष्ठलाई मर्यादाक्रममा माथि राखिएको भन्दै पूर्वमाओवादी नेताहरूले अध्यक्ष केपी शर्मा ओलीसमक्ष असन्तुष्टिसमेत जाहेर गरिसकेका छन् । अध्यक्ष ओलीले आफूहरूका...
काठमाण्डु, १३ माघ– नेपालको जनसंख्या वृद्धिदर ८० वर्षपछि पहिलोपटक घटेको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार जनगणनाको तथ्यांक सार्वजनिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जनाएको छ । अघिल्लो जनगणनाको तुलनामा यसपटक नेपालको जनसंख्या २७ लाखले बढेको छ...