पर्वत, १४ भदौ– क्रसर व्यवसायीले निर्माण सामग्रीको मूल्य दोब्बर बनाएका छन् । व्यवसायीले उद्योगमा मौजुदा रहेको ढुंगा(गिट्टी र बालुवाको मूल्य दोब्बर बनाएका हुन् । ‘यसअघि ल्याएको गिट्टी बालुवालाई प्रतिटिपर १४ हजार तिर्दै आएकोमा अहिले २७ हजार तिर्नुपरिरहेको छ,’ सदरमुकाम कुश्मामा घर निर्माण गर्दै गरेका...
काठमाण्डु, १३ भदौ – गैर–सरकारी संस्था हेफर इन्टरनेशनल, नेपालले बाढी पीडितलाई सहयोग रकम प्रदान गरेको छ । सो संस्थाले बाँके, बर्दिया, सुर्खेत र दाङ्ग जिल्लामा एकमुष्ट रकम ४७ लाख रुपैयाँ जिल्ला प्रशासन कार्यालय मार्फत जिल्ला दैवी प्रकोप राहत समितिलाई सहयोग उपलब्ध गराएको हो ।...
काठमाण्डु, १२ भदौ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार ११.७४ अङ्कले उकालो लागेको छ । हिजो बुधबार ३८ अङ्कले बढेको सेयर बजार अघिल्लो दिन मङ्गलबार २५.९८ अङ्कले तल झरेको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज परिसूचक १.२२ प्रतिशतले बढेर ९७२.१७ विन्दुमा कायम भएको छ...
काठमाण्डु, ११ भदौ – नेपाल राष्ट्र बैंकले गत बुधबार जारी गरेको निर्देशनलाई हिजो साँझ थप प्रस्ट पारेपछि सेयर बजारमा तिब्र उछाल आएको छ। बजार बढेर दुई पटकसम्म नेपाल स्टक एक्सचेन्जले कारोबार स्थगित (सर्किट ब्रेकर) गरेको थियो। सोमबार ३८ र मंगलबार २६ अंकले घटेको सेयर बजार...
काठमाण्डु, ११ भदौ – नेपाल ट्रक यातायात व्यवसायी महासंघले आन्तरिक रुपमा खपत हुने नदीजन्य निर्माण सामग्रीको सहज आपूर्ति नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघले विकास निर्माणको आधारभूत सामाग्रीहरुको आपूर्ति ठप्प हुँदा समेत सरकार र...
काठमाण्डु, १० भदौ – चितवनको लंकुमा रहेको लक्ष्मी माविमा विद्युतीय पुस्तकालय अर्थात ई–लाईब्रेरी स्थापनाका लागि झण्डै आठ लाख रुपैयाँ सकंलन भएको छ । अहिले डेनमार्कमा रहेका लंकुका सोमनाथ सापकोटाको सक्रियतामा विद्यालयका भूतपूर्व विद्यार्थी, विभिन्न देशमा रहेका लंकु आसपासका बासिन्दाले ७ लाख ९८ हजार रुपैयाँ...
काठमाण्डु, १० भदौ – अर्थ मन्त्रालयका सह–सचिव कृष्ण देवकोटाले हालै नेपाल राष्ट्र बैंकले जारी गरेको नियमनका कारण बैंक तथा वित्तीय संस्थाहरुका लगानीकर्ताहरुलाई हतोत्साही नहुन आग्रह गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालद्धारा नेपाल राष्ट्र बैंकद्धारा हालै जारी गरिएको परिपत्रबारे प्रस्ट पार्न आयोजना गरिएको साक्षात्कार...
काठमाण्डृु, १० भदौ– आगामी भदौ २५ गतेबाट दसैंका लागि उपत्यकाबाट बाहिरिने बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यातायत व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायत व्यवसायीसँग भएको छलफलले टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । घटस्थापनाको १५ दिन अघिबाट टिकट बुकिङ खुला...
काठमाण्डु, ९ भदौ– नबील बैंकका कर्मचारी विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका छन् । ठेकेदार कम्पनीमार्फत लामो समयदेखि बैंकमा कार्यरत कर्मचारी आन्दोलित भएका हुन् । बैंक व्यवस्थापले आफूहरुलाई बैंकका कर्मचारी नभई ठेकेदारका मान्छेको व्यवहार गर्दै आएको आरोप उनीहरुले लगाएका छन् । सोमबार रिपोर्टर्स क्लबमा पत्रकार...
सिन्धुपाल्चोक, ९ भदौ– प्रहरीले सिन्धुपाल्चोकबाट ४ किलो अवैध सुनसहित एक युवकलाई पक्राउ गरेको छ । तिब्बतको खासाबाट अवैध सुन लिएर काठमाण्डु आउँदै गरेका मनाङ घ्यारु–४ का दोर्जे गुरुङ सुनसहित पक्राउ परेका हुन् । कम्मरमा बाँधेर सुन ल्याइरहेको अवस्थामा उनलाई इलाका प्रहरी कार्यालय बाह्रबिसेले पक्रेको...
काठमाण्डु, ९ भदौ– गत आर्थिक वर्षमा नेपालमा प्रतिदिन एक अर्ब ४८ करोड रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७०र७१ मा ५ खर्ब ४३ अर्ब २९ करोड रेमिट्यान्स भित्रिएको थियो । जुन उक्त आर्थिक वर्षको बजेटभन्दा २६ अर्ब बढी हो ।...
काठमाण्डु, ८ भदौ– २०६२/०६३ को दोश्रो जनआन्दोलनपछि नेपाली महिला वैदेशिक रोजगारमा जाने क्रमले तीव्रता पाएको छ । नेपाली महिलाको विदेशिने क्रमसँगै उनीहरूले त्यहाँ पाउने गरेका अनेकथरि यातना, अत्याचार, बलात्कार र दु:खका समाचार आउने क्रम पनि बढेको छ । आर्थिक वर्ष २०६३(०६४ मा तीन हजार...