उद्योग मन्त्रालय राज्यको प्राथमिकतामा परेन: मन्त्री बस्नेत

काठमाण्डु टुडे २०७१ मंसिर २ गते ७:०३ मा प्रकाशित

परासी, २ मंसिर– उद्योगमन्त्री महेश बस्नेतले उद्योग मन्त्रालय राज्यद्वारा प्राथमिकतामा नपरेको मन्त्रालयका रुपमा पहिचान बनेको बताएका छन् ।

Mahesh-basnet2उनले राज्यले उद्योग मन्त्रालयलाई नीति र सिद्धान्तको हिसाबले आत्मसात् गरे पनि व्यवहारका हिसाबले उपेक्षा गरेको जिकिर गरे । प्रेस चौतारी नवलपरासीद्वारा मंगलबार सुनवलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले सरकारले उद्योग मन्त्रालयलाई आवश्यकताअनुसार पर्याप्त रकम विनियोजन नगरेको समेत आरोप लगाए ।

सरकारले निर्यात व्यापारलाई प्रवद्र्धन गर्ने र आयातलाई प्रतिस्थापन गर्नका लागि नेपालका विभिन्न ११ स्थानमा विशेष आर्थिक क्षेत्र स्थापना गर्ने लक्ष्य लिएको जानकारी दिए  ।
नेपालमा पनि विभिन्न सुन, फलाम, पेट्रोलियम, चुनलगायतका खानी रहेको दाबी गर्दै मन्त्री बस्नेतले खानीको व्यवस्थित अध्ययन गर्ने सरकारले तयारी गरेको जानकारी दिए ।
उद्योग मन्त्रालयलाई समेत पुनःसंरचनाका साथ अगाडि बनाउनुपर्ने विचार राख्दै मन्त्री बस्नेतले अर्थ मन्त्रालयलाई दुईवटा फरक–फरक मन्त्रालयमा विभाजन गर्न आवश्यक रहेको बताए ।

मन्त्री बस्नेतले नेपालमा राजस्वको क्षेत्रमा ठूलो चुहावट हँुदै आएको जानकारी दिँदै राजस्व चुहावट रोक्न सके हाल सङ्कलन हुँदै आएको राजस्वभन्दा धैरै बढी रकम संकलन हुने दाबी गरे । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us