जि २० का नेताको महत्वाकाङ्क्षी आर्थिक योजना

काठमाण्डु टुडे २०७१ मंसिर २ गते ९:११ मा प्रकाशित

पेरिस, २ मंसिर – विश्वका ठूला अर्थतन्त्र भएका तथा शक्तिशाली देशहरुका नेताले आगामी वर्षहरुका लागि ठूलो आर्थिक महत्वाकाङ्क्षासहितको आर्थिक योजना सार्वजनिक गरेका छन् ।
g200-avustralya
उनीहरुले हाल विश्वमा देखापरिरहेको आर्थिक अवस्थाको आंकलन गर्दै आगामी वर्षका लागि आर्थिक विकासमा गतिदिन आवश्यक रहेको निष्कर्षका साथ सो योजना सार्वजनिक गरेका हुन् ।

तर उक्त आर्थिक प्रक्षेपणलाई अर्थशास्त्रीहरुले भने असम्भव भनेका छन् । उनीहरुले सो महत्वाकाङ्क्षा पूरागर्न असम्भव रहेको धारणा राखेका हुन् ।

विश्वका शक्तिशाली एवम् ठूला अर्थतन्त्र रहेका देश नै भए पनि उनीहरु आ–आफ्ना समस्यामा फसिरहेकोले सो असम्भव रहेको बताएका हुन् ।

अष्ट्रेलियाको ब्रिसबेनमा हालैमात्र सम्पन्न भएको आर्थिक सम्पन्न राष्ट्रहरु जि२० को सो सम्मेलनमा उनीहरुले आगामी सन् २०१८ सम्ममा ती देशले थप कम्तीमा पनि २.१ प्रतिशत आर्थिक विकासको प्रस्ताव गरेका हुन् ।

जुनसुकै अवस्थामा पनि सो योजना पुरा गर्नुपर्ने भन्दै उनीहरुले त्यसका लागि ती देशका आर्थिक विकासका आयोजना र बजेटमा पनि त्यसैबमोजिम नै लक्ष गरिनुपर्नेमा जोड दिएका हुन् ।

त्यसका लागि आवश्यक पर्नेगरी सामुहिक प्रयास गरिनुपर्नेमा पनि उनीहरुले जोड दिएका छन् । लगानी, व्यापारमा अभिवृद्धि तथा प्रतिश्पर्धात्मक बजार विकासमा जोड दिनुपर्ने उनीहरुले बताएका हुन् ।

ती नेताहरुको यस आर्थिक योजना पूरा भएमा सन् २०१८ सम्ममा विश्व अर्थतन्त्रमा कम्तीमा पनि दुई खर्ब अमेरिकी डलर बराबरको पूँजी बढ्ने अनुमान पनि गरिएको छ ।

रासस÷एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us