भक्तपुर, २ असार – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सार्वजनिक गर्ने प्रवेशिका परीक्षाको नतिजा अक्षराङ्क पद्धति अनुसार जिरो(शून्य) देखि ‘ए प्लस’ सम्म नौ तहमा विभाजन गरेर सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले भने, ‘अघिल्लो वर्षसम्म एसएलसी नतिजामा कुन डिभिजन आयो भन्ने थाहा...
कावासोती, २ असार – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको रजहर–६ झरही खोला पुलमा गए राति बस र ट्रक ठक्कर खाँदा ३८ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु१ख ४९२२ नंको बस र विपरीत दिशाबाट आइरहेको लु१ख ८६१३ नंको...
काठमाण्डु, २ असार – दश प्रकारका पापहरण गर्न स्वर्गबाट पृथ्वीमा भागीरथीले गङ्गा अवतरण गराएको सम्झनामा ज्येष्ठ शुक्ल प्रतिपदादेखि सुरु भएको दशहरा स्नान घर घरमा तुलसी बीज रोपी सम्पन्न भएको छ । ज्येष्ठ शुक्ल प्रतिपदादेखि एकादशीसम्मका ११ दिन गङ्गा वा नदी किनारमा गई स्नान गरेमा...
डोटी, २ असार– वैज्ञानिक वन व्यवस्थापनका निम्ति पहल सुरु भएको छ । डोटीका वनजंगल सुरक्षित र संरक्षित गर्नका निम्ति स्थानीयवासीलाई सक्रिय बनाई दिगो व्यवस्थापन गर्न पहल थालिने भएको हो । बर्छेन–४ स्थित जनजागृति सामुदायिक वन, बर्छेन–२ स्थित सुनपाल सामुदायिक वन र मस्टा सामुदायिक वन...
म्याग्दी, २ असार – पाश्चात्य संस्कृतिसँगै आधुनिकतातर्फ सबैको आकर्षण बढ्दै जान थालेपछि संस्कृत शिक्षातर्फ उदासीनता बढ्नाका साथै धार्मिक कर्मकाण्डका लागि पुरोहितको अभाव हुन थालेको छ । पुरोहितका अभावमा जन्म, चूडाकर्म, विवाह र मृत्यु संस्कार समेत प्रभावित हुन थालेपछि स्थानीयवासी चिन्तित हुन थालेका छन् ।...
म्याग्दी, २ असार– निजामती कर्मचारीको आधिकारिक टे«ड युनियन गठन बुधबार गठन भएको छ । गत जेठ १९ गते भएको निर्वाचनमा विजयी भएका तीन कर्मचारी संगठनको सहभागितामा आधिकारिक टे«ड युनियन गठन भएको हो । निर्वाचनमा सबैभन्दा धेरै मत प्राप्त गरेको नेपाल निजामती कर्मचारी सङ्गठनका चन्द्रमणि...
गौशाला, २ असार– महोत्तरी जिल्लाको रामगोपालपुरमा बुधबारदेखि नयाँ सेवा केन्द्र सुरु भएको छ । गृह सचिव नारायणगोपाल मलेगोले नयाँ एकीकृत सेवा केन्द्रको शुभारम्भ गर्दै जनतालाई सार्वजनिक सेवा घरदैलोसम्मै पुर्याउने उद्देश्यले सरकारले एकीकृत सेवा योजना ल्याएको र सोही योजना अनुरुप बुधबारदेखि रामगोपालपुरमा पनि एकीकृत सेवा...
बागलुङ, २ असार– बर्खायाममा निम्तिन सक्ने प्राकृतिक प्रकोपको मिलेर सामना गर्न सरोकार भएका सबै पक्ष एक जुट भएका छन् । जिल्ला दैवीप्रकोप उद्धार समितिको बुधबार बसेको बैठकमा खोज, उद्धार, राहत र पुनःस्थापनाका लागि सबैले प्रतिबद्धता जनाए । सरकारी कार्यालय, सुरक्षा निकाय, सामाजिक सङ्घसंस्था, व्यवसायी,...
सिन्धुली, २ असार– वैशाखदेखि दैनिक दुर्घटना बढेपछि जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको संयुक्त प्रयासमा बुधबारदेखि ‘टाइम कार्ड’ लागू गरिएको छ । टाइम कार्ड लागू गरिएपछि ८० प्रतिशत दुर्घटना घट्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको अनुमान छ । बुधबारदेखि मध्यक्षेत्रीय ट्राफिक प्रहरी...
काठमाण्डु, २ असार– काठमाण्डुको प्रसिद्ध वीजेश्वरी देवताको बाह्रबर्से मेला बुधबारदेखि सुरु भएको छ । बाह्र वर्षमा एक पटक हुने सो पूजाको अवसरमा बुधबार साँझ ६ बजे वीजेश्वरी द्यःयात (बिज्यासः महास्नान) मन्दिरसँगै रहेको भचाखुसीमा महास्नान गराइएयो । उक्त महास्नान वज्रयान विधिबाट गरिएको बताइएको छ ।...
धनगढी, २ असार– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल कैलालीको बुधबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनबाट जनक कुँवर सो पार्टीको जिल्ला कार्यसमितिका अध्यक्षमा पुनःनिर्वाचित भएका छन् । सर्वसम्मत रुपमा चयन भएको कार्यसमितिका सहअध्यक्षमा एकिन्द्र मल्ल, उपाध्यक्षद्वयमा होमबहादुर गरुङ र लालबहादुर शाही तथा सचिवमा छत्रकुमार शाही निर्वाचित भएका...
काठमाण्डु, २ असार – परीक्षा नियन्त्रण कार्यालयले गत बर्षको एसएलसी परीक्षा नतिजा आज प्रकाशित गर्दैछ । ग्रेडिङ प्रणाली लागू भएपछि पहिलोपटक नतिजा प्रकाशित हुँदैछ । नतिजा प्रकाशनका लागी सम्पूर्ण तयारी पूरा भइसकेको र बिहीबार दिउँसो नतिजा सार्वजनिक गरिने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ...