बुटवलमा टिपर आतंकः १९ वर्षिया पुष्पाको मृत्यु

२०७६ वैशाख १९ गते १२:२३

बुटवल, १९ बैशाख – रुपन्देहीको बुटवलमा टिपरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नं. १२ तामनगर बस्ने वर्ष १९ की पुष्पा भण्डारी रहेको प्रहरीले जनाएको छ । बुवासँगै घर जाँदै गरेकी पुष्पालाई टिपरले जितगढीमा ठक्कर दिएको हो ।...

प्रधानमन्त्री, मन्त्री र स्वकीय सचिवको तलब बढ्ने, अब कति पुग्ला ?

२०७६ वैशाख १९ गते १२:०६

काठमाण्डु, १९ बैशाख – अर्थमन्त्रालयले प्रधानमन्त्री, मन्त्री र स्वकीय सचिवको दरबन्दी तथा तलबभत्ता सम्बन्धी नयाँ व्यवस्था प्रस्ताव गरेको छ । बजेट निर्माणमा खटिरहेको अर्थ मन्त्रालयले प्रधानमन्त्री, मन्त्रीदेखि तिनका स्वकीय सचिवहरुको तलब–भत्तासम्बन्धी नयाँ व्यवस्था गरेको छ । अबदेखि प्रधानमन्त्रीले मासिक ९४ हजार २ सय ८०,...

नेपालमा मानिसमै बर्डफ्लु भेटियो, काभ्रेका युवकको मृत्यु

२०७६ वैशाख १९ गते ११:५५

काठमाण्डु, १९ वैशाख – नेपालमा ‘बर्ड फ्लू’ (एच फाइब एन वान) बाट एक जनाको मृत्यु भएको छ । नेपालमा बर्ड फ्लू पुष्टि भएको यो पहिलो घटना हो । काभ्रेका २१ वर्षीय एक युवकको बर्ड फ्लूबाट मृत्यु भएकाको नाम खुलाइएको छैन् । बिहीबार मन्त्रालयमा आयोजित...

यस्तो छ बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर

२०७६ वैशाख १९ गते ११:४७

काठमाण्डु, १९ बैशाख – बिहीबारका लागि नेपाल राष्ट्र बैंकले ताकेकोविदेशी मुद्राको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ र बिक्रीदर १११ रुपैयाँ ६० पैसा रहेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६० पैसा र बिक्रीदर २९ रुपैयाँ ७६...

विवाहको सामान बोकको जीप दुर्घटना, सहचालकको मृत्यु

२०७६ वैशाख १९ गते ११:३९

बझाङ, १९ बैशाख – बझाङको थलारा गाँउपालिकामा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । थलारा गाउँपालिका– ५ गौमती खोलामा बिहीबार बिहान से१ज १००७ नम्बरको जीप दुर्घटना हुँदा सोहि गाँउपालिका– ६ का सहचालक १९ वर्षीय टीका भट्टराईको घटना स्थालमा नै ज्यान गएको प्रहरीले...

नेपाली विद्यार्थीलाई अष्ट्रेलियामा नयाँ नियम लागू

२०७६ वैशाख १९ गते ११:१८

अष्ट्रेलिया — अष्ट्रेलियामा नेपाली विद्यार्थीका लागि नयाँ नियम लागू भएको छ । अष्ट्रेलियाको अध्यागमन विभागले प्राविधिक शिक्षा अध्ययन गर्न आउने नेपाली विद्यार्थीहरुलाई मात्र लक्षित गरेर पहिलो पटक अष्ट्रेलियाली सरकारले नियम जारी गरेको हो । जारी नयाँ नियम यही मे १ देखि लागु भएको जनाइएको...

करेन्ट लागेर पूर्व प्रहरीको मृत्यु

२०७६ वैशाख १९ गते ११:१२

बर्दिया, १९ वैशाख – करेन्ट लागेर एक पूर्व प्रहरीको मृत्यु भएको छ । बुधबार करेन्ट लागेर गुलरिया नगरपालिका–६ बस्ने पूर्व प्रहरी सहायक निरीक्षक लालबहादुर गुरुङको मृत्यु भएको हो । पिपलमा चढेर स्याउला काट्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरी नायब उपरीक्षक मदनजित महराले जानकारी दिए...

सुनको भाउ घट्यो, कतिले हुँदैछ कारोबार ?

२०७६ वैशाख १९ गते ११:०७

काठमाण्डु, १९ बैशाख – बुधबारको तुलनामा छापावाल सुनको भाउ बिहीबार घटेको छ । बुधबार तोलामा ५९ हजार ६०० मा कारोबार भएको सुन आज बिहिबार भने ५९ हजार ३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ५९ हजारमा...

मनोमानी शुल्क पचाउँदै निजी विद्यालय

२०७६ वैशाख १९ गते १०:५८

काठमाण्डु, १९ वैशाख – ‘ठूला र राम्रा’ भनिएका निजी विद्यालयमा छोराछोरी भर्ना गर्न शहरी क्षेत्रका अभिभावकले हरेक वर्ष सकसको अनुभव गर्छन् । भर्नाका लागि प्रवेश परीक्षा दिनुपर्ने, शैक्षिकसत्र सुरु अगावै महङ्गो शुल्क तिरेर भर्ना गर्नुपर्ने र कतिपयमा भनेजति पैसा तिर्दा पनि भर्ना नपाइने समस्या...

टेरिजा मेले किन गरिन् रक्षामन्त्री गेविनलाई बर्खास्त ?

२०७६ वैशाख १९ गते १०:५६

एजेन्सी – ब्रिटेनका रक्षामन्त्री गेविन विलियमसनलाई बर्खास्त गरिएको छ । उले राष्ट्रिय सुरक्षा परिषद (एनएससी) को उच्च स्तरीय बैठकको जानकारी लिक गराएका थिए । ब्रिटेनकी प्रधानमन्त्री टेरिजा मेको कार्यालयले जारी गरेको बयान अनुसार प्रधानमन्त्रीले ‘उनको क्षमतामा विश्वास गुमाएकी छिन्’ र पेनी मोरडन्टले उनको पद...

वाह ! मन्त्री हुन् त दल रावल जस्ता

२०७६ वैशाख १९ गते १०:४६

हुम्ला, १९ वैशाख – जोखिमपूर्ण अवस्थामा रहेका हुम्लाका दुई महिलाको बुधबार हेलिकप्टरबाट उद्धार गरिएको छ । बुधबार बिहान कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलसहितको टोली हुम्ला पुगेर चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्यचौकीमा कार्यरत अनमी निशा नेपाली र ओदानचुली गाउँपालिका–१ का ३५ वर्षीया राजकला...

गौशालाको पिपलको रुखमा झुण्डिएको अवस्थामा शेर्पाको शव फेला

२०७६ वैशाख १९ गते १०:४५

काठमाण्डु, १९ बैशाख – काठमाण्डुको गौशाला नजिकै पिपलको रुखमा झुण्डिएको अवस्थामा एकजनाको शव फेला परेको छ । उक्त शव खोटाङ घर भइ हाल काठमाण्डु महानगरपालिका–६ बौद्ध बस्दै आएका आङ दावा शेर्पाको रहेको प्रहरी वृत गौशालाका प्रमुख डिएसपी सुनिल मल्लले बताए । आज (बिहिबार) बिहान...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us