यस्तो छ बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाण्डु टुडे २०७६ वैशाख १९ गते ११:४७ मा प्रकाशित

काठमाण्डु, १९ बैशाख – बिहीबारका लागि नेपाल राष्ट्र बैंकले ताकेकोविदेशी मुद्राको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ र बिक्रीदर १११ रुपैयाँ ६० पैसा रहेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६० पैसा र बिक्रीदर २९ रुपैयाँ ७६ पैसा छ ।

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६५ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा छ ।

बिहीबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ८५ पैसा र बिक्रीदर २६ रुपैयाँ ९९ पैसा छ । यस्तै आज कुवेती दिनारको १ को खरिददर ३६४ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ९४ पैसा तोकिएको छ ।

बहराइन दिनार १ को खरिददर २९४ रुपैयाँ ४८ पैसा र बिक्रीदर २९६ रुपैयाँ ०७ पैसा छ । यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६० पैसा रहेको छ । राष्ट्र बैंकको तुलनामा बाणिज्य बैंकहरुले भने केहि पैसा तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us