
काठमाण्डु, १९ वैशाख – नेपालमा ‘बर्ड फ्लू’ (एच फाइब एन वान) बाट एक जनाको मृत्यु भएको छ । नेपालमा बर्ड फ्लू पुष्टि भएको यो पहिलो घटना हो । काभ्रेका २१ वर्षीय एक युवकको बर्ड फ्लूबाट मृत्यु भएकाको नाम खुलाइएको छैन् ।
बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन गरे स्वास्थ्य सचिव डा पुष्पा चौधरीले अप्रत्यासित घटना भएको बताएकी छन् ।
ती युवा गत चैत १० गते ज्वरो र खोकीको लक्षण लिएर उपचारका लागि अस्पताल पुगेका थिए । उनको र्यालको परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
उनलाई चैत ११ गते नै इन्फ्लुएन्जाको औषधि दिइयो । तर, श्वासप्रश्वासमा समस्या भई चैत १५ गते नै उनको उपचारका क्रममा मृत्यु भयो । उनको र्याल परीक्षणका लागि जापान पठाइएको थियो । उक्त नमूनाको नतिजा बैसाख १७ गते मंगलबार नेपाल आएको थियो । नमूनामा बर्ड फ्लू (एच फाइब एन वान) भएको उल्लेख थियो ।।