
काठमाण्डू, १७ असार– कांग्रेस महामन्त्री विश्व प्रकाश शर्माले टेलिभिजन कार्यक्रम ऐना सञ्चालन गर्ने भएका छन । टेलिभिजन कार्यक्रम ऐनाको दोस्रो सिजन असार २० गतेदेखि प्रशारण हुने भएको छ ।
उनी ऐनाको पहिलो सिजनमा पनि कार्यक्रम सञ्चालक रहेका थिए । ऐना कार्यक्रम कान्तिपुर टेलिभिजन र ओएसआर रियालिटीमा प्रशारण हुने द होराइजन मल्टिमिडिया प्रालिका निर्देशक प्रकाश लामिछानेले निकालेको विज्ञप्तिमा उल्लेख गरीएको छ ।