
काठमाण्डु, १९ बैशाख – काठमाण्डुको गौशाला नजिकै पिपलको रुखमा झुण्डिएको अवस्थामा एकजनाको शव फेला परेको छ ।
उक्त शव खोटाङ घर भइ हाल काठमाण्डु महानगरपालिका–६ बौद्ध बस्दै आएका आङ दावा शेर्पाको रहेको प्रहरी वृत गौशालाका प्रमुख डिएसपी सुनिल मल्लले बताए ।
आज (बिहिबार) बिहान सात बजे पिपलको रुखमा शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।