टेरिजा मेले किन गरिन् रक्षामन्त्री गेविनलाई बर्खास्त ?

काठमाण्डु टुडे २०७६ वैशाख १९ गते १०:५६ मा प्रकाशित

एजेन्सी – ब्रिटेनका रक्षामन्त्री गेविन विलियमसनलाई बर्खास्त गरिएको छ । उले राष्ट्रिय सुरक्षा परिषद (एनएससी) को उच्च स्तरीय बैठकको जानकारी लिक गराएका थिए ।

ब्रिटेनकी प्रधानमन्त्री टेरिजा मेको कार्यालयले जारी गरेको बयान अनुसार प्रधानमन्त्रीले ‘उनको क्षमतामा विश्वास गुमाएकी छिन्’ र पेनी मोरडन्टले उनको पद सम्हाल्नेछन् ।

प्रधानमन्त्रीका अनुसार २३ अप्रिलमा आयोजित बैठकको जानकारी चुहिनु ‘निकै गम्भीर मामला हो र यो एउटा निराश बनाउने कुरा हो ।’

बैठकको जानकारी चुहाएको मामलाको अनुसन्धान ब्रिटेनमा फाइभजी नेटवर्क तयार गर्न ह्वावे लिमिटेडलाई भूमिका दिने योजनाबारे रिपोर्ट सार्वजनिक भएपछि गरिएको थियो ।

विलियमसनले जानकारी चुहाएको कुरा अस्विकार गरेका छन् । उनी सन् २०१७ देखि रक्षामन्त्री थिए ।

प्रधानमन्त्री टेरिजा मेको बुधबार विलियमसनसँग बैठक भएको थियो । यतिबेला प्रधानमन्त्रीले उनैले (विलियमसन) अनाधिकृत तरिकाले जानकारी दिएको सूचना आफूसँग भएको बताएकी छिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us