पाकिस्तान, २९ वैशाख – चीन–पाकिस्तान आर्थिक करिडोरअन्तर्गत चीनले बन्दरगाहलगायत संरचना बनाइरहेको पाकिस्तानको ग्वादरको एक पाँचतारे होटलमा शनिबार साँझ आतंकवादी आक्रमण भएको छ । तीन जना बन्दुकधारीले जाभेर पर्ल–कन्टिनेन्टल होटलमा आक्रमण गरेका हुन् । होटलका सुरक्षा गार्डलाई गोली हानेर बन्दुकधारी भित्र पसेका थिए । मुस्लिमहरूको...
भियतनाम, २९ वैशाख – नेपाल र भियतनाम द्विपक्षीय सम्बन्ध र व्यापार अभिवृद्धिलाई नयाँ उचाइमा पुर्याउन सहमत भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनामको औपचारिक भ्रमणमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा शनिबार प्रेसिडेन्सिल हाउसमा द्विपक्षीय सम्झौता भएको हो । सो अवसरमा कूटनीतिक तथा सरकारी राहदानी...
काठमाण्डु, २९ वैशाख – आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका उपलक्ष्यमा नर्सिङ कलेज तथा सम्बन्धित संघसंस्थाहरूले विभिन्न कार्यक्रम आयोजना गर्दैछन् । आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गलको जन्मदिन पारेर अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल आईसीएनको आह्वानमा हरेक वर्ष मे १२...
झापा, २९ वैशाख – झापाको कनकाइस्थित माइ पुलमा भेटिएको बम सेनाको बम डिस्पोज टोलीले निष्क्रिय गरेको छ । चारआलीबाट खटिएको नेपाली सेनाको टोलीले बम निष्क्रिय गरेको हो । सो बस्तु टाइम बम हो, होइन सेनाले केही जानकारी गराएको छैन । शंकास्पद हटाएपछि यातायात सञ्चालन...
काठमाण्डु, २९ वैशाख – आज देशका मध्य र पश्चिमी पहाडी क्षेत्र लगायत पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै केही स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको समेत जनाइएको छ । मौसमविद् विभूति पोखरेलका अनुसार भारतको...
नुवाकोट, २९ वैशाख – चट्याङ लागेर नुवाकोटको मेघाङमा शनिबार १ जनाको ज्यान गएको छ । चट्याङ लागेर मेघाङ–४ का ६८ वर्षीय निङ तामाङको शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, नवाकोटले जनाएको छ । प्रहरीका अनुसार चट्याङ लागेर एक लैनो भैंँसी, चार बाख्रा र...
काठमाण्डु, २९ वैशाख– बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गा धितो राखेर भूमाफियाले विभिन्न १५ बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको पाइएको छ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, भूमाफिया किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदी तथा उनीहरूका परिवार र आधा दर्जन व्यापारिक घरानाले ललितानिवासको सरकारी...
काठमाण्डु, २९ वैशाख– ‘अनरेवल मिनिस्टर फर एजुकेसन, साइन्स एन्ड टेक्नोलोजी गिरिराजमणि पोखरेल यु आर वेलकम इन द इनागुरेसन सेरेमनी अफ साइन्स म्युजियम’ अतिथिहरुलाई सम्बोधन गर्ने क्रममा ड्यासमा उभिएकी मानवयन्त्र (रोबर्ट) ले जब यसरी सम्बोधन गरिन्, कार्यक्रममा उपस्थित सबै शान्त भएर सुन्न थाले । अतिथिहरुलाई...
काठमाण्डु, २९ वैशाख– त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको खुला प्रतिस्पर्धामा त्रिविकै उच्च पदाधिकारी, विद्यार्थी संघसंगठन र नेताका नातेदारहरुको नाम निस्किएको छ । लिखित परीक्षामा उत्तीर्ण हुनेमा धेरैजसो पहुँचवालाका आफन्त परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा यसबारे उजुरी परेको छ । त्रिविका...
काठमाण्डु, २९ वैशाख– सरकारले आगामी वर्षको बजेटमा सरकारी कर्मचारीको तलब बढाउने भएको छ । अर्थ मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म तलब बढाउने तयारी छ । स्रोतले कर्मचारीले अहिले खाइपाई आएको भन्दा १५ देखि २५ प्रतिशतसम्म तलब वृद्धि गर्ने तयारी...
काठमाण्डु, २८ वैशाख– दैलेखको नौमुले केन्द्रबिन्दु भएर ५.१ रेक्टर स्केलको भूकम्प गएको छ । राति १२ बजेर केही मिनेट जाँदा नौमुले केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।...
डडेल्धुरा, २८ वैशाख– गन्यापधुरा गाउँपालिकामा एक निजी विद्यालय सामुदायिक सरकारी विद्यालयमा समायोजन भएको छ। गन्यापधुरामा एक निजीसहित दुई सामुदायिक गरी तीन विद्यालय एकै विद्यालयमा समायोजन भएका छन् । गन्यापधुरामा विसं २०७२ मा स्थापना भएको मर्निङवेल बोर्डिङ स्कुल सामुदायिक विद्यालयमा समायोजन भएको गन्यपाधुरा शिक्षा इकाइले...