जापानमा शक्तिशाली भूकम्प

२०७६ जेठ २१ गते १४:१९

जापान, २१ जेठ – जापानको टोरिस् हिमा द्वीप क्षेत्रमा मङ्गलबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको मौसम विज्ञान निकायले जानकारी दिएको छ । यस भूकम्पको केन्द्रविन्दु ४ सय ४० किलो मिटर गहिराईमा रहेको जनाइएको छ । यस भूकम्पपछि सुनामीको सूचना जारी गरिएको छैन । स्थानीय समयानुसार...

सुडानमा आम निर्वाचनको घोषणा

२०७६ जेठ २१ गते १४:१६

खार्तुम, २१ जेठ – सुडानको सत्तारुढ सैनिक परिषदले प्रदर्शनकारीसँग यसअघि भएको सत्ता हस्तान्तरणसम्बन्धी सम्झौता भङ्ग गरी नौ महिनाभित्र आमनिर्वाचन गर्ने घोषणा गरेको छ । सुडानको राजधानी खार्तुमस्थित सैनिक मुख्यालय बाहिर सेनाले चलाएको गोली लागि ३० जनाभन्दा बढीको मृत्यु भएको भोलिपल्टै सेनाले उक्त निर्णय सार्वजनिक...

सरकारले जनताको अपेक्षा अनुसार नै बजेट ल्यायोः सुरेन्द्र पाण्डे

२०७६ जेठ २१ गते १४:०९

काठमाण्डु, २१ जेठ – नेकपाका नेता एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले जनताको अपेक्षा अनुसार नै बजेट ल्याएको बताएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले जनताको अपेक्षा अनुसार बजेट नआएको भन्दै आलोचना गरिरहेका बेला नेता पाण्डेले मुलुकलाई सही बाटोमा अघि बढाउने गरी बजेट...

विनोद चौधरीको चेतावनीः देश डरलाग्दो दुश्चक्रमा फस्यो

२०७६ जेठ २१ गते १४:०१

काठमाडौँ, २१ जेठ – उद्यमी एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीले समृद्ध नेपाल निर्माणको अभियानलाई अगाडि बढाउनका लागि बजेटमा संरचनात्मक परिवर्तनको खाँचो औंल्याएका छन् । प्रतिनिधिसभामा मंगलवार आर्थिक वर्ष २०७६र०७७ को बजेट माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद चौधरीले गतिशील अर्थतन्त्रका लागि ६० प्रतिशत...

सरकारको निर्णय विराटनगरका मेयरले नटेरेपछि…

२०७६ जेठ २१ गते १३:४९

मोरङ, २१ जेठ – संघीय सरकारलाई चुनौती दिँदै विराटनगर महानगरपालिकाले कोइराला निवासमा नगर रक्षक खटाएको छ । गृहमन्त्रीको निर्देशनमा लामो समयदेखि बस्दै आएका सशस्त्र प्रहरी हटेपछि कांग्रेसले सरकारको आलोचना गर्दै आएको थियो । सशस्त्र प्रहरी बललाई त्यहाँबाट हटाएपछि सुरक्षा–कर्मीको ठाउँमा महानगरले नगर रक्षक खटाएको...

टेलिकमलाई धराशयी बनाउने खेल मान्य हुँदैनः संयोजक कटुवाल

२०७६ जेठ २१ गते १३:३८

काठमाण्डु, २१ जेठ – नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन (आधिकारिक ट्रेड युनियन) का प्रथम संयोजक लोक बहादुर कटुवालले नेपाल टेलिकमलाई धराशयी बनाउने खेल भएको बताएका छन् । उनले नेपाल दूरसञ्चार कम्पनीको जिएसएम मोवाईल सेवाको नविकरण दस्तुर २० अर्ब रुपैयाँ अव्यवहारिक भएको प्रतिक्रिया दिए ।...

‘हाम्रा छोराछोरीलाई दाउरा बेचेर भए पनि निजी विद्यालयमा पढाउँछौँ’

२०७६ जेठ २१ गते १३:१६

बाँके, २१ जेठ – विद्यालय भन्ने बित्तिकै हामीले सोच्ने गर्छौं जहाँ विद्यार्थी र शिक्षकहरु हुन्छ । शिक्षकले विद्यार्थीलाई ज्ञानगुनका कुरा सिकाइरहेका हुन्छन् । डुडुवा गाउँपालिका–५ नानुपूर्वामा रहेको एउटा सरकारी विद्यालयमा तपाईले सोचेजस्तो देख्नुहुन्न । जनता कल्याण राष्ट्रिय प्राथमिक सामुदायिक विद्यालयमा एकजना पनि विद्यार्थी छैनन्...

राष्ट्रपति नेपालगञ्ज जाने, काठमाण्डुका यी सडक बन्द

२०७६ जेठ २१ गते १२:५५

काठमाण्डु, २१ जेठ – राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको कारण राजधानीको यातायात व्यवस्था केही समय प्रभावित हुने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले राष्ट्रपति भण्डारी सवारी हुने बाटोको बैकल्लिक मार्ग प्रयोग गर्न सवारी चालकलाई अनुरोध गरेको छ । प्रहरीका अनुसार मंगलबार साढे १२ देखि...

दादा गिरी नगर्नुस्, केपी ओली प्रवृत्ति छोड्नुस्ः राजेन्द्र महतो

२०७६ जेठ २१ गते १२:५०

काठमाण्डु, २१ जेठ – राष्ट्रिय जनता पार्टी(राजपा)का नेता राजेन्द्र महतोले संघीयता विरोध बजेट आएको बताएका छन् । मंगलबार बजेटमाथि संसदमा भएको छलफलमा भाग लिँदै उनले संघीयताको मर्मअनुसार बजेट नआएको बताए । ‘संघीयता विरोधी यसको सबैभन्दा ठूलो विशेषता हो’ उनले भने, ‘केन्द्रीय सरकारले सबै बजेट...

श्रीलंकामा एकैपटक ९ जना मन्त्रीले दिए राजीनामा

२०७६ जेठ २१ गते १२:४१

कोलम्बो, २१ जेठ – श्रीलंकामा नौजना मुस्लिम मन्त्रीले पदबाट राजीनामा दिएका छन् । इस्टरका दिन २१ अप्रिलमा भएको बम विस्फोटपछिको हिंसामा कम्तिमा २५८ जना मारिएको विषयमा मन्त्रीले सामूहिक राजीनामा दिएका हुन् । मुस्लिम मन्त्रीहरुले हिंसामा अल्पसंख्यकलाई निशाना बनाउँदा पनि सरकार निरीह भएको भन्दै पद...

सगरमाथा चढेर मिङ्मा शेर्पाले राखे यस्तो रेकर्ड

२०७६ जेठ २१ गते १२:२७

काठमाण्डु, २१ जेठ – हिमाल आरोही मिङ्मा दोर्ची शेर्पाले सबैभन्दा कम समयमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेका छन् । संखुवासभाका शेर्पाले यही जेठ १३ गते ६ घण्टा १ मिनेटमा सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका हुन्...

कालीगण्डकीको डाइभर्सनले शालिग्रामको अस्तित्व खतरामा

२०७६ जेठ २१ गते १२:१९

पाल्पा, २१ जेठ – कालीगण्डकीको डाइभर्सनले शालिग्रामको अस्तित्व हराउने चिन्ता बढेको छ । काली नदीको वारिपारि दुई प्रदेशका सरोकार पक्षबीच पटक–पटक शालिग्रामबारे चासो राखिएको छ । कालीनदीमा आठ वर्षदेखि शालिग्रामको खोजी र अध्ययनमा लाग्नुभएका डाक्टर कुलराज चालिसेले नदीको डाइभर्सनले शालिग्रामको अस्तित्व खतरामा पर्ने बताए...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us