राष्ट्रपति नेपालगञ्ज जाने, काठमाण्डुका यी सडक बन्द

काठमाण्डु टुडे २०७६ जेठ २१ गते १२:५५ मा प्रकाशित

काठमाण्डु, २१ जेठ – राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको कारण राजधानीको यातायात व्यवस्था केही समय प्रभावित हुने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले राष्ट्रपति भण्डारी सवारी हुने बाटोको बैकल्लिक मार्ग प्रयोग गर्न सवारी चालकलाई अनुरोध गरेको छ ।

प्रहरीका अनुसार मंगलबार साढे १२ देखि केही समय शीतल निवासबाट लक्ष्मी निवास, शिवपुरी उच्च माध्यमिक विद्यालय, बालुवाटार, भाटभटेनी, छाता गणेश, नक्साल भगवती, लोत्से चोक, ज्ञानेश्वर, रातो पुल, गौशाला चोक, तिलगंगा, एयरपोर्ट गेट हुँदै चल्ने सवारी साधनहरू एकतर्फी बन्द हुने भएको छ ।

राष्ट्रपति भण्डारी आज दिउँसो भोलि वातावरण दिवसको अवसरमा नेपालगञ्जमा हुने कार्यक्रममा भाग लिने जाने कार्यक्रम रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us