रौतहट, २२ जेठ – इस्लाम धर्मावलम्बीको चाड इद उल–फित्र मनाउने क्रममा मस्जिदमा बसेका रौतहटको राजपुर फरदहवा नगरपालीकाका मेयरलाई स्थानीय एक यूवकले मंगलबार राति कुटपिट गरेका छन् । पर्व मनाउने क्रममा चन्दा माग गरेका उनले रकम थोरै भएको भन्दै मेयर माथि आक्रमण गरेका थिए ।...
काठमाण्डु, २२ जेठ – राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको दिगो विकासका लागि शिक्षामा लगानी वृद्धि गर्न आवश्यक रहेको बताएकी छन् । वैजनाथ गाउँपालिका–५ जीगाउँस्थित प्रभात माध्यमिक विद्यालयको ५० औंँ वार्षिकोत्सव तथा स्तम्भ अनावरण कार्यक्रममा राष्ट्रपति भण्डारीले सामुदायिक विद्यालयको स्तर वृद्धिसँगै गुणात्मक शिक्षा दिनुपर्नेमा जोड दिइन्...
काठमाण्डु, २२ जेठ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भक्तपुरमा जग्गा कब्जा गरेको छ । सोमबार भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा रहेको कित्ता नम्बर १७९७ रहेको एक रोपनी एक दाम क्षेत्रफल भएको जग्गा जिल्ला जनपरिषद भक्तपुरले कब्जा गरेको हो । सो जग्गा चाँगुनारायण–५...
काठमाण्डु, २२ जेठ – नेपालमा सार्क युवा वैज्ञानिकहरुको सम्मेलन सुरु भएको छ । प्रदेश ३ को उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागको संयुक्त आयोजनामा बुधबारबाट ललितपुरमा सम्मेलनको सुरु गरिएको हो । सार्क क्षेत्रमा भएका विज्ञान र...
चितवन, २२ जेठ – चितवन राष्ट्रिय निकुञ्जको अर्ना संरक्षित क्षेत्रको खोलामा खडेरीले पानी सुकेपछि बोरिङबाट पानी आपूर्ति गरिएको छ । पहिलोपटक खडेरीले त्यहाँको खहरे र बाह्रमासे खोला सुकेपछि दुई हप्तादेखि बोरिङमार्फत १२ अर्नालाई चाहिने पानी आपूर्ति गरिएको हो । खडेरीकै कारण निकुञ्जको अन्य खोलाका...
एजेन्सी । भारतका वरिष्ठ मोडल, कमेडियन, फिल्म र थिएटर अभिनेता दिन्यार कन्ट्र्याक्टरको बुधबार निधन भएको छ । उनी ७९ वर्षका थिए । परिवारका अनुसार उनी लामो समयदेखि बिरामी थिए । दिन्यारको अन्तिम संस्कार बुधबार नै वरली मुम्बईमा साढे ३ बजे गरिनेछ । सन् १९६६...
काठमाण्डु, २२ जेठ – काठमाण्डुमा विश्व वातावरण दिवस विविध कार्यक्रम गरी मनाइएको छ । सोही अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार परिसरमा एभोकाडोको बिरुवा रोपेका छन् । विश्व वातावरण दिवसको अवसरमा सिंहदरबार परिसरमा २८ वटा एभोकाडो बिरूवा रोपिएका छन् । गृहमन्त्री रामबहादुर थापा, उद्योग...
दार्चुला, २२ जेठ – काखीमा दुधे बालक । अगाडि सात–आठ वर्षका एक बालिका र पछाडि महिलाहरू । अगाडि गाईवस्तुदेखि भेंडाबाख्राको ताँती छ । यो दार्चुलाको हिमाली क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाको सुनभन्दा महङ्गो यार्सागुम्बा खोज्ने सङघर्षपूर्ण यात्रा हो । अपि हिमाल गाउँपालिका–३ का २०...
रोल्पा, २२ जेठ – विद्यार्थीको हात भाचिने गरी कुटपिट गर्ने शिक्षिकालाई मुद्दा चलाइने भएको छ । १४ जना विद्यार्थी घाइते हुने गरी कुटपिट गरेकी ती शिक्षकाले पाँच विद्यार्थीको हातसमेत भाँचिदिएकी थिइन् । स्थानीय रुम्टीगढी गाउँपालिका–८ भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनलाई प्रहरीले ‘अभद्र व्यवहार’सम्बन्धी...
काठमाण्डु, २२ जेठ – विप्लव नेतृत्वको नेकपा सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीका संखुवासभा जिल्ला अध्यक्ष रमेश कार्कीले पार्टी परित्याग गरेका छन् । कार्कीले विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले शान्तिपूर्ण जीवनयापन गर्न चाहेकाले पार्टीबाट अलग भएको विज्ञप्तिमा उल्लेख गरेका छन् । सर्वसाधारण र...
काठमाण्डु, २२ जेठ – बूढीगण्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रका रूपमा रहेको धादिङ र गोरखाको दुई हजार ४०० रोपनी जग्गाको मुआब्जा निर्धारण नगरिएकामा स्थानीयवासीले आपत्ति जनाएका छन् । उनीहरूले आयोजनाले मुआब्जा वितरण गर्न थालेको चार वर्ष हुन लाग्दासमेत बजार क्षेत्रको मुआब्जा निर्धारण नभएकामा आपत्ति जनाउँदै...
काठमाण्डु, २२ जेठ – इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले पत्रकारको नाकको हड्डी भाँच्न १ करोड रुपैयाँ छुट्याएको भनेर दिएको अभिव्यक्तिलाई लिएर स्वयः नेकपाका वरिष्ठ नेताहरु नै रुष्ट बनेका छन् । इटहरीका स्थानीय पत्रकार विराट अनुपमलाई मेयर चौधरीले नाकको डाँडी भँच्ने चेतावनी दिएपछि नेकपाका नेताहरु...