
काठमाण्डु, २२ जेठ – काठमाण्डुमा विश्व वातावरण दिवस विविध कार्यक्रम गरी मनाइएको छ । सोही अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार परिसरमा एभोकाडोको बिरुवा रोपेका छन् ।
विश्व वातावरण दिवसको अवसरमा सिंहदरबार परिसरमा २८ वटा एभोकाडो बिरूवा रोपिएका छन् ।
गृहमन्त्री रामबहादुर थापा, उद्योग मन्त्री मातृकाप्रसाद यादवलगायतले एभोकाडोको बिरूवा रोपेका छन् । सरकारले वातावरण हराभरा बनाउनको लागि वृक्षरोपणलाई प्राथमिकताको साथ लिएको छ ।