दुर्घटनामा ज्यान गुमाएका तीनै जनाको सनाखत

२०७६ जेठ ३१ गते १२:५३

कञ्चनपुर, ३१ जेठ – भीमदत्त नगरपालिका–८ वनगाँउ भगवती टोल जाने बाटो नजिक पूर्व–पश्चिम राजमार्गमा शुक्रवार बिहान स्काभेटरले अटोलाई ठक्कर दिँदा भएको दुर्घटनामा परी मृत्यु भएका तीन जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टका अनुसार मृत्यु हुनेहरुमा बैतडी...

गणतान्त्रिक आन्दोलनको योद्धा गुमायौंः गृहमन्त्री

२०७६ जेठ ३१ गते १२:४३

चितवन, ३१ जेठ – नेकपा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री धनिराम पौडेलको निधनले नेपालको गणतान्त्रिक आन्दोलनको एक योद्धा गुमाएको गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् । नेपालको गणतन्त्र स्थापनामा पौडेलको महत्वपूर्ण योगदान रहेको बताउँदै गृहमन्त्रीले नेपालमा भएका विभिन्न आन्दोलनमा पौडेलले पुर्‍याएका योगदान अतुलनीय रहेको बताएका...

पूर्व शिक्षा मन्त्रीको निधनमा शोक प्रस्ताव पारित

२०७६ जेठ ३१ गते १२:१९

काठमाण्डु, ३१ जेठ – प्रतिनिधिसभाले पूर्व शिक्षा मन्त्री तथा संविधानसभा सदस्य धनीराम पौडेलको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले पुर्व मन्त्री पौडेलको निधनमा शोक प्रस्ताव पारित गरेको हो । पौडेल २०७० सालको संविधानसभा निर्वाचनमा तात्कालिन एकिकृत नेकपा माओवादीको तर्फबाट...

रबि लामिछानेसँग कसले जोड्याे उर्जामन्त्रीको नाम ?

२०७६ जेठ ३१ गते १२:१२

काठमाण्डु, ३१ जेठ – उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन‘अनन्त’को सचिवालयले मन्त्री पुनसँग जोडेर विभिन्न अनलाईन र सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार रबि लामिछाने ‘ठुलो भ्रष्टाचारी हुन्’ भन्ने शिर्षक राखेर नयाँ पत्रिकाको नक्कली कटिङ्ग समेत बनाई मन्त्री पुनको भनाई...

अब दलाललाई निस्तेज पार्नुपर्छः आईजीपी खनाल

२०७६ जेठ ३१ गते १२:०५

काठमाण्डु, ३१ जेठ – नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द खनालले पुलिसमा बदनियतमा सहुलियत दिन नहुने बताएका छन् । काठमाण्डुमा शुक्रबार सुरू भएको नेपाल प्रहरीको प्रदेश स्तरीय दोश्रो प्रादेशिक सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन् । ‘एकाध घटनाले गर्दा सिंगो संगठनको छवि नै...

भरतपुरमा मतपत्र च्यात्ने दोषी ठहर, अब के सजाय हून्छ ?

२०७६ जेठ ३१ गते ११:४७

चितवन, ३१ जेठ – भरतपुर महानगरपालिकाको निर्वाचनमा मतपत्र च्यात्ने दुई जना तत्कालीन माओवादी कार्यकर्तालाई जिल्ला अदालतले दोषी ठहर गरेको छ । निर्वाचन कसुरसम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले २ वर्षपछि फैसला गरेको हो । भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना अन्तिम चरणमा पुगेको बेला...

दुर्घटनामा ज्यान गुमाएका पत्रकारको शव तीन दिनदेखि अस्पतालमै

२०७६ जेठ ३१ गते ११:४४

सुर्खेत, ३१ जेठ – नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सुर्खेतका सहसचिव तथा सुर्खेत पहिचान दैनिकका प्रकाशक सम्पादक नन्दबहादुर गेलाङको शव तीन दिनदेखि अस्पतालमै छ । बुधबार रुकुमबाट छिन्चुतर्फ आइरहेको बा५ख १६८३ नंको टिपरले भे८प ७६०४ नंको मोटरसाइकलमा सवार पत्रकार गेलाङलाई बिहान ११ः४५ बजे ठक्कर...

भारतीय लिचीले लियो ४७ जना बालबालिकाको ज्यान

२०७६ जेठ ३१ गते ११:३७

भारत, ३१ जेठ – उत्तरी भारतमा धेरै लिची खाएका कारण पछिल्लो तीन सातामा ४७ जना बालबालिकाको मृत्यु भएको छ । बिहारका स्वास्थ्य अधिकारीहरूले बताएअनुसार सुक्ष्म इन्सेफ्लाइटिस सिन्ड्रोमका कारण ती बालबालिकाको ज्यान गएको हो । स्वास्थ्य अधिकारीहरूका अनुसार ती बालबालिकाको रगतमा चिनीको मात्रा कम भएको...

१५ वर्षीया किशोरीका हत्यारालाई थुनामा राख्न आदेश

२०७६ जेठ ३१ गते ११:२३

पाँचथर, ३१ जेठ – पाँचथर जिल्ला अदालतले १५ वर्षीया किशोरीको हत्यामा संलग्नहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । जिल्ला न्यायाधीश मनोजकुमार केसीको इजलासले पाँचथरको हिलिहाङ गाउँपालिका–४ पञ्चमीकी १५ वर्षीया किशोरी शीतल योङहाङको हत्यामा संलग्नलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।...

दुर्घटनाग्रस्त भारतीय विमानमा सवार १३ जनाकै ज्यान गयो

२०७६ जेठ ३१ गते ११:२०

नयाँदिल्ली, ३१ जेठ – भारतीय वायु सेनाले अरुणाञ्चल प्रदेशमा दुर्घटनाग्रस्त एएन–३२ विमानमा सवार १३ जनाकै ज्यान गएको बताएको छ । अरुणाञ्चल प्रदेशको पहाडी भेगमा उद्धारकर्मीको एउटा टोलीले दुर्घटनाग्रस्त विमानको अवशेष फेला पारेपछि विमानमा सवार सबैको ज्यान गएको पुष्टि गरेको हो । भारतीय वायुसेनाका प्रवक्ताले...

बजार नपाउँदा घरमै कुहियो स्याउ

२०७६ जेठ ३१ गते ११:१४

बझाङ, ३१ जेठ – व्यास गाउँपालिका–१ छाँगरु गागाका स्थानीय जीतसिंह बोहराले लगाएको स्याउले बजार नपाउँदा घरमै कुहिएको छ । विसं २०६० देखि स्याउखेती शुरु गरेका बोहराको स्याउ बिक्री गर्नको लागि बजार अभाव हुँदा घरमै कुहिएको हो । छाँगरुमा उत्पादित स्याउ बजार नपाएर बारीमै कुहिने...

‘बार्गेनिङ’ गर्ने प्रहरी हवल्दारसहित तीन पक्राउ

२०७६ जेठ ३१ गते ११:०२

सिरहा, ३१ जेठ – भन्सार छलेर अवैधरूपमा ल्याएको सामान छुटाइदिने भन्दै रकमको ‘बार्गेनिङ’ गरिरहेको अवस्थामा प्रहरीले एक प्रहरी हवल्दारसहित तीन जनालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका–४ निवासी रञ्जित साहले ज१ज ४०२ नंको गाडीमा भारतबाट अवैधरूपमा ल्याएको सामान सिरहा नगरपालिका–७ स्थित ट्राफिकचोकस्थित चेकिङ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us