पूर्व शिक्षा मन्त्रीको निधनमा शोक प्रस्ताव पारित

काठमाण्डु टुडे २०७६ जेठ ३१ गते १२:१९ मा प्रकाशित

काठमाण्डु, ३१ जेठ – प्रतिनिधिसभाले पूर्व शिक्षा मन्त्री तथा संविधानसभा सदस्य धनीराम पौडेलको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले पुर्व मन्त्री पौडेलको निधनमा शोक प्रस्ताव पारित गरेको हो । पौडेल २०७० सालको संविधानसभा निर्वाचनमा तात्कालिन एकिकृत नेकपा माओवादीको तर्फबाट समानुपातिक सदस्यमा निर्वाचित भएका थिए ।

हाल नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य रहेका पौडेलको ५३ वर्षको उमेरमा जेठ ३१ गते शुक्रबार बिहान चितवनको माडीमा असमायिक निधन भएको हो । बैठकले उनको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार प्रति समवेदना प्रकट गरेको छ ।

अर्को बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us