अमेरिकामा गोली हानाहान, ३ को मृत्यु

२०७६ भदौ २७ गते १४:१७

एजेन्सी , अमेरिकाको न्यु मेक्सिको राज्यमा गोली हानाहान भएको छ । न्यू मेक्सिको राज्यअन्तगर्गतको अल्बुकर्क प्रहरीले गोली हानाहानको घटनामा ३ जनाको मृत्यु भएको जनाएको छ । उक्त घटनामा अन्य २ जना घाइते भएका जनाएको छ । प्रहरीले अल्बुकर्क नगरको लुरा प्लेस साउथवेस्टमा गोली चलेको...

भर्खर जन्मेकी शिशुलाई अस्पतालले पोलिथिनमा दियो, गाड्न लैजाँदा चलमलाइन्

२०७६ भदौ २७ गते १३:५५

बाँके , २७ भदौ —सुत्केरी ब्यथा लागेपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएकी जाजरकोटकी कमला अधिकारीको शुक्रबार बिहानै करिब पाँच बजे शिशुलाई जन्म दिइन्। जन्मिएको केही समयमा अस्पतालले शिशुको मृत्यु भएको जानकारी कमलाका श्रीमान् मिलन अधिकारीलाई दियो। अस्पतालको प्रसुतिकक्षमा कार्यरत कर्मचारीले शिशुको मृत्यु भएको भन्दै...

गुगलले फेला पार्यो दुई दशकअघि हराएका एकजना व्यक्तिको अवशेष

२०७६ भदौ २७ गते १३:३४

एजेन्सी , दुई दशकअघि हराएका एकजना व्यक्तिको अवशेष गुगल म्याप्समार्फत डुबेको गाडीमा फेला परेको छ। २२ वर्षपछि यसै वर्षको अगस्ट महिनामा प्रहरीलाई वेलिङ्गटनको मुन बे सर्कलस्थित एउटा तालमा डुबेको अवस्थामा गाडी रहेको खबर आयो।गाडी पानीबाट निकालिएपछि त्यसमा मानव कङ्कालको अवशेष फेला पर्योप। त्यसको एक...

सुन्धारादेखि दरबारमार्गसम्म वृक्षारोपण सुरु

२०७६ भदौ २७ गते १३:१३

काठमाण्डु , २७ भदौ – सुन्धारादेखि दरबारमार्गसम्म वृक्षारोपण सुरु गरिएको छ । न तथा वातावरण विभाग, काठमाण्डौ महानगरपालिका र नेपाली सेनाको संयुक्त आयोजनामा थालिएको वृक्षारोपणको बिहीबार महानगरका प्रमुख विद्यासुन्दर शाक्यले शुभारम्भ गरेका छन् । प्रमुख शाक्यले हरित शहर बनाउने महानगरपालिकाको अभियान निरन्तर अघि बढ्ने...

बिना शल्यक्रिया पाठेघरमा भएको ट्युमरको उपचार

२०७६ भदौ २७ गते १२:५३

ललितपुर , २७ भदौ – नेपाल मेडिसिटी अस्पतालले बिना शल्यक्रिया नै महिलाकाे  पाठेघरमा भएको ट्युमरको उपचार  गरेको छ । ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालका इन्टरभेन्सनल रेडियोलोजिष्टहरुले नेपालमै पहिलो पटक पाठेघरमा भएको फाइबरलाई युटेराइन आर्टरीको इम्बोलाइजेसन गरी उपचार गरेका छन् । पाठेघरलाई आपूर्ति गर्ने आर्टरीलाई...

१६ वर्षे किशोरीमाथि सामूहिक बलात्कार

२०७६ भदौ २७ गते १२:५२

महोत्तरी,२७भदौ– महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार सम्सी गाउँपालिका–२ पर्सादेवारका एक किशोरीमाथि सामूहिक बलात्कार भएको हो । एक साताअघि घटेको सो घटनामा मुद्दा दर्ता गरिएपछि शुक्रवार प्रहरीले सो...

सुनको भाउमा गिरावट

२०७६ भदौ २७ गते १२:३६

काठमाण्डु,२७भदौ–सुनको भाउमा विस्तारै गिरावट हुदै आएको छ।  निरन्तरको वृद्धिपछि भाउ नयाँ उचाईमा पुगेको थियो । यसैक्रममा शुक्रबार तोलाको २ सय रुपैयाँ सस्तो भएको छ । बिहीबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ...

बन्द केबलकार आजदेखि सञ्चालनमा

२०७६ भदौ २७ गते १२:३४

काठमाण्डु , २७ भदौ—मर्मतसम्भारका लागि गत भदौ २२ गतेदेखि बन्द गरिएको मनकामना केबलकार सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ । मनकामना दर्शन प्रालिले सञ्चालन गरेको केबलकार मूलह्वील लिनर चेन्जिङ, मेन मोटर सर्भिसिङ तथा रोप रिङस्प्लिसिङलगायतको मर्मतका लागि भदौ २२ देखि २६ गतेसम्म पाँच दिन...

एकताबद्ध भएर पार्टीका कार्यमा लाग्नुहोस् – नेता रावल

२०७६ भदौ २७ गते १२:१०

अत्तरिया,२७ भदौ –नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भीम रावलले पार्टीका सबै तहका नेता, कार्यकर्ता र सदस्यलाई एकताबद्ध भएर पार्टी काममा लाग्न आग्रह गरेका छन । नेपाल कम्युनिष्ट पार्टी नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले...

गणेश विर्सजनमा ११ को मृत्यु

२०७६ भदौ २७ गते १२:०९

एजेन्सी —भारतको मध्य प्रदेश राज्यको भोपाल शहरमा रहेको एउटा पोखरीको खटलापुरा घाटमा शुक्रबार बिहान गणेश विसर्जनको क्रममा १९ जना सवार डुंगा पल्टिँदा कम्तीमा ११ जनाको ज्यान गएको छ । पाँच जनालाई सुरक्षित रुपमा निकालिएको छ भने तीन जनाको खोजी कार्य जारी रहेको प्रहरी अधिकारीले...

खाल्डोमा डुबेर तीन बालिकाको मृत्यु

२०७६ भदौ २७ गते १२:०२

रौतहट,२७ भदौ–रौतहटमा खाल्डोमा डुबेर तीन बालिकाको ज्यान गएको छ । भारतिय सिमाना जोडिएको ईशनाथ नगरपालिकाका वडा नम्वर १ निवासि तीन बालिकाको डुबेर ज्यान गएको हो । ईशनाथ नपा १ बनजरहाका मिरालाल साहकी ७ बर्षिया छोरी सरिता कुमारी र बृजनन्दन यादवको दुई छोरी बर्ष १०...

घट्यो अमेरिकी डलरको भाउ

२०७६ भदौ २७ गते ११:५५

काठममण्डु ,२७ भदौ – शुक्रबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घटेको छ । शुक्रबार नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११४ रुपैयाँ १२ पैसा तोकेको छ । हिजो खरिददर ११४ रुपैयाँ ३५ पैसा र बिक्रीदर ११४ रुपैयाँ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us