गुगलले फेला पार्यो दुई दशकअघि हराएका एकजना व्यक्तिको अवशेष

काठमाण्डु टुडे २०७६ भदौ २७ गते १३:३४ मा प्रकाशित

एजेन्सी , दुई दशकअघि हराएका एकजना व्यक्तिको अवशेष गुगल म्याप्समार्फत डुबेको गाडीमा फेला परेको छ।

२२ वर्षपछि यसै वर्षको अगस्ट महिनामा प्रहरीलाई वेलिङ्गटनको मुन बे सर्कलस्थित एउटा तालमा डुबेको अवस्थामा गाडी रहेको खबर आयो।गाडी पानीबाट निकालिएपछि त्यसमा मानव कङ्कालको अवशेष फेला पर्योप। त्यसको एक हप्तापछि उक्त अवशेष विलियम मोल्डको रहेको पहिचान भएको थियो।

विलियम मोल्ड सन् १९९७ को नोभेम्बर ७ मा फ्लोरिडा राज्यको ल्यानटेनाबाट हराएका थिए। त्यतिबेला उनी ४० वर्षका थिए।
एउटा नाइट क्लब गएका उनी घर फर्केनन्। लगत्तै प्रहरीले अनुसन्धान सुरु गरेपनि त्यो प्रभावकारी रूपमा अघि बढ्न सकेन।
सफल रूपमा छानबिन हुन नसकेका घटनाहरूको विवरण राख्ने चार्ली प्रोजेक्ट नाम गरेको एउटा अनलाइन डेटाबेसका अनुसार एकजना सम्पत्ति सर्वेक्षणकर्ताले गुगल अर्थको प्रयोग गरिरहेका बेला उक्त गाडी देखेका हुन।

आश्चर्यजनक रूपमा गुगल अर्थको स्याटलाइट तस्बिरमा सन् २००७ देखि एउटा गाडी देखिएको थियो। तर सन् २०१९ सम्म त्यसलाई कसैले पनि याद नगरेको देखिन्छ,चार्ली प्रोजेक्टको रिपोर्टमा भनिएको छ।गुगल म्याप्समा अझै पनि चाँदी रङ्गको गाडी तालमा डुबेको देख्न सकिन्छ।हालसालै पानी चलायमान भएपछि गाडी देखा परेको अधिकारीहरू बताउँछन्।हराएको रात मोल्ड क्लबबाट स्थानीय समय अनुसार करिब ११ बजेतिर निस्किएको न्याशनल मिसिङ्ग एन्ड अनआइडेन्टिफाइड पर्सन्स सिस्टमको रिपोर्टमा उल्लेख गरिएको छ।

मोल्डले उक्त रात करिब ११स्३० मा आफ्नी प्रेमिकासँग टेलिफोन सम्पर्क गरेका थिए। आफू चाँडै घर पुग्ने बताए पनि उनी त्यसपछि कहिल्यै देखा परेनन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us