खाल्डोमा डुबेर तीन बालिकाको मृत्यु

काठमाण्डु टुडे २०७६ भदौ २७ गते १२:०२ मा प्रकाशित


रौतहट,२७ भदौ–रौतहटमा खाल्डोमा डुबेर तीन बालिकाको ज्यान गएको छ ।
भारतिय सिमाना जोडिएको ईशनाथ नगरपालिकाका वडा नम्वर १ निवासि तीन बालिकाको डुबेर ज्यान गएको हो ।
ईशनाथ नपा १ बनजरहाका मिरालाल साहकी ७ बर्षिया छोरी सरिता कुमारी र बृजनन्दन यादवको दुई छोरी बर्ष १० कि पिन्जल कुमारी र बर्ष ६ कि गुडिया कुमारिको डुबेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्री ले बताए ।
घरबाट बिहान माछा मार्न खेतमा गएका तीन जना बालिका बिहीबार साँझसम्म घर नफर्किए पछि खोजतलास गर्दै जाँदा एउटा खाल्डोमा डुबेको अवस्थामा शव फेला परेको पीडित परिवारले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us