२ जना बालिकालाई बसभित्रै थुनेर बलात्कार

२०७६ भदौ ३० गते १३:५८

काठमाण्डु,३०भदौ– काठमाण्डुको मनमैंजुमा २ जना बालिकामाथि बसभित्रै बलात्कार भएको छ । तारकेश्वर नगरपालिका–१० मनमैंजु चोकमा घाइते अवस्थामा बालिका फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा बसैभित्रै २ जना बालिकामाथि बलात्कार भएको तथ्य खुलेको हो । प्रहरीका अनुसार मनमैंजु चोकमा एक बालिका घाइते अवस्थामा फेला परेकी...

समृद्धिको पहिले शर्त शान्तिसुरक्षा :मुख्यमन्त्री राई

२०७६ भदौ ३० गते १३:४३

काठमाण्डु,३०भदौ–प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिको पहिलो शर्त जनतामा शान्तिसुरक्षाको प्रत्याभूति हुनुपर्नेमा जोड दिएका छन । प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालयद्वारा जडित सिसिटिभी क्यामेरा आज शुभारम्भ गर्दै उनले सुरक्षा निकायलाई नमूनाका रुपमा अघि बढाउन प्रदेश सरकारले सहयोग गर्ने...

नियम निलम्बनको प्रस्ताव स्वीकृत

२०७६ भदौ ३० गते १३:२६

काठमाण्डु,३०भदौ–राष्ट्रियसभाको आजको दोस्रो बैठकले राष्ट्रिसभा नियमावली, २०७५ को नियम २३२ बमोजिम प्रस्तुत गरिएको नियम निलम्बनको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सांसद खिमलाल भट्टराईले राष्ट्रियसभा नियमावली, २०७५ को नियम २३२ बमोजिम नियम निलम्बनको प्रस्ताव प्रस्तुत गरेका थिए भने उक्त प्रस्तावलाई सांसदहरु प्रमिला कुमारी...

ज्ञानेन्द्र शाहीलाई सर्त गराएर छाडियो

२०७६ भदौ ३० गते १३:०४

काठमाण्डु,३०भदौ–अब आइन्दा अभद्र व्यवहार नगर्ने सर्त गराएर ज्ञानेन्द्र शाहीलाई प्रहरीले थुनामुक्त गरेको छ । शाहीमाथि प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा मुद्धा चलाउने तयारी गरिएको भए पनि पहिलो पटक भएकाले सम्झाइ बुझाइ गरेर छाड्न निर्देशन आएकाले छाडिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । शाहीका लागि...

ज्ञानेन्द्र शाहीलाई युवा संघद्वारा कास्कीमा प्रवेश निषेध

२०७६ भदौ ३० गते १२:५२

कास्की,३०भदौ– पर्यटनमन्त्री योगेश भट्टराईलाई बुद्ध एयरको उडानमा अभद्र व्यवहार गरेकोले ज्ञानेन्द्रबहादुर शाहीलाई जिल्ला प्रवेशमा रोक लगाउने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा को कास्की जिल्ला राष्ट्रिय युवा संघले गरेको छ । पूर्व वाइसिएल तथा युवा संघका अध्यक्षद्वयले संयुक्त विज्ञप्ति जारी गर्दै शाहीलाई कास्की प्रवेशमा निषेध...

नुवाकोटमा प्रहरीले लगायो २१ स्काभेटरमा साङ्लो

२०७६ भदौ ३० गते १२:३८

नुवाकोट,३०भदौ– नुवाकोटका नदी र खोलामा अवैधरूपमा बालुवा उत्खननमा संलग्न स्काभेटरमा प्रहरीले नियन्त्रणमा लिएर साङ्लो लगाएको छ । नदी र खोलाबाट अवैधरूपमा बालुवा उत्खननमा संलग्न स्काभेक्टर रोक्न चुनौती देखिएपछि कारवाहीस्वरूप यो वर्ष नियन्त्रणको नयाँ तरिकाअन्तर्गत साङ्लो लगाइएको हो । नदीको अवैध उत्खनन गरेर बालुवा निकाल्ने...

झापामा ५०० भन्दा बढी डेङ्गुका बिरामी

२०७६ भदौ ३० गते १२:२८

सुरुङ्गा,३०भदौ– तीन महीनाअघि देखा परेको डेङ्गु रोग झापामा अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय झापासहित स्थानीय पालिकालेसमेत प्रभावकारी काम गर्न नसक्दा डेङ्गु रोग नियन्त्रणमा आउन नसकेको हो । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार झापामा अहिले पनि डेङ्गुका रोगी ५०० भन्दाबढी छन्...

वर्ल्डलिंकले लेरायो बिशेष दसैँ अफर

२०७६ भदौ ३० गते १२:२१

काठमाण्डु,३०भदौ–नेपालकै अग्रणी इन्टरनेट प्रदायक कम्पनि वर्ल्ड लिंक कम्युनिकेशनले नजिकिदै गरेको चाडपर्व को अवसरमा बिशेष अफर ल्याएको छ । वर्ल्ड लिंकको आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुने यस योजना अन्तर्गत इन्टरनेट जोड्दा सिजीको ३२ ईन्चको एलईडी टिभी प्राप्त गर्नुका साथै सोही शुल्कमा नेट टिभी जडान...

कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या

२०७६ भदौ ३० गते १२:०५

काठमाण्डु,३०भदौ–मुलुककै पुरानो कारागारका रूपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या परेको छ । वि सं १९७१ मा स्थापना भएको मुलुककै पुरानो कारागारमा हाल तीन हजार १२९ कैदीबन्दी रहेका छन् । कारागारमा दुई हजार ७४२ पुरुष, ३७८ महिला र नौ नाबालक रहेका...

मलेसिया जाने कामदारलाई श्रम स्वीकृति दिन सुरु

२०७६ भदौ ३० गते ११:५६

काठमाण्डु,३०भदौ–मलेसियामा जाने कामदारलाई श्रम स्वीकृति दिन सुरु गरेको सरकारले खारेज भएको म्यानपावर कम्पनीलाई कामदारको राहदानी र लिएको रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गर्न निर्देशन दिएको छ । १५ महिनादेखि बन्द मलेसियाको रोजगारी आइतबार खुला गर्दै सरकारले कामदारलाई श्रम स्वीकृति दिन थालेको हो । दुई देशका...

ज्ञानेन्द्र शाहीमाथि मुद्दा चलाइँदै

२०७६ भदौ ३० गते ११:४५

काठमाण्डु,३०भदौ–प्रहरीलाई अभद्र ब्यवहार गरेको अभियोगमा आइतबार पक्राउ परेका ज्ञानेन्द्र शाहीलाई जिल्ला प्रशासन कार्यालय ललितपुरमा मुद्दा चलाइने भएको छ । शाहीलाई आइतबार बेलुका पक्राउ गरी महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ । शनिबार नेपालगञ्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई दुब्र्यवहार...

मेस्सी अभ्यासमा सामेल,च्याम्पियन्स लिग खेल्ने आश

२०७६ भदौ ३० गते ११:३४

काठमाण्डु,३०भदौ–नयाँ सिजन सुरु हुनअघि घाइते भएका बार्सिलोना कप्तान लियोनल मेस्सी आज टिमसँग अभ्यासमा सामेल भएका छन् । ला लिगाका चार खेल गुमाएका उनी च्याम्पियन्स लिगको पहिलो खेलमा खेल्ने आश बढेको छ । च्याम्पियन्स लिगको पहिलो खेलमा बार्सिलोनाले मंगलबार राति पौने १ बजे बोरुसिया डर्टमुण्डसँग...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us