ज्ञानेन्द्र शाहीलाई युवा संघद्वारा कास्कीमा प्रवेश निषेध

काठमाण्डु टुडे २०७६ भदौ ३० गते १२:५२ मा प्रकाशित


कास्की,३०भदौ– पर्यटनमन्त्री योगेश भट्टराईलाई बुद्ध एयरको उडानमा अभद्र व्यवहार गरेकोले ज्ञानेन्द्रबहादुर शाहीलाई जिल्ला प्रवेशमा रोक लगाउने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा को कास्की जिल्ला राष्ट्रिय युवा संघले गरेको छ ।
पूर्व वाइसिएल तथा युवा संघका अध्यक्षद्वयले संयुक्त विज्ञप्ति जारी गर्दै शाहीलाई कास्की प्रवेशमा निषेध गरिएको बताएका छन् ।
पर्यटनमन्त्री योगेश भट्टराईका कारण शनिबार नेपालगञ्जबाट काठमाण्डु आउने बुद्ध एयरको उडान ढिला भएपछि उनीविरुद्ध नारा लगाउने काम भएको थियो ।
आइतबार ज्ञानेन्द्र शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा अनेरास्ववियुका विद्यार्थीहरुले हस्तक्षेप गरेको आरोप लागेको थियो ।
उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि मन्त्री भट्टराईको आलोचना भएको थियो आइतबार सुरक्षाको कारण देखाउँदै शाहीलाई प्रहरी नियन्त्रणमा लिएको थियो ।
प्रहरीले बेलुका उनीविरुद्ध पक्राउ पुर्जी जारी गर्दै उनलाई पुनः नियन्त्रणमा लिएको थियो । तर, सोमबार बिहान उनलाई प्रहरीले छोडिदिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us