विद्या भण्डारी केपी ओलीसँग भिडेर एमाले राजनीतिमा आउन खोज्नुभएको छैनः राई

काठमाण्डु टुडे २०८२ जेठ २८ गते २१:५२ मा प्रकाशित

खोटाङ, २८ जेठ– एमाले नेता एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले पूर्वराष्टपति विद्यादेवी भण्डारी केपी ओलीर्क समर्थनमा सक्रिय राजनीतिमा आउने बताएका छन् ।

पार्टीनिकट सञ्चारकर्मीको संस्था प्रेस चौतारीको बुधबार खोटाङको दिक्तेलमा गरेको पत्रकार भेटघाटमा राईले ओलीसँग भिडेर भण्डारी पार्टी नेतृत्वमा आउन नचाहेको बताए ।

भण्डारीले कहिल्यै पनि ओलीलाई रिप्लेस गरेर एमाले राजनीतिमा आउँछु नभनेको दाबी उनको थियो ।

‘विद्या भण्डारीले पार्टी अध्यक्ष केपी ओलीलाई रिप्लेस गर्ने भनेको अहिलेसम्म सुनेको छैन,’ राईले भने, ‘भोलि पार्टीले आवश्यकता ठान्यो, छलफलको विषय बन्यो र पार्टीले आग्रह गर्ने स्थिति बन्यो भने त्यो सन्दर्भमा उहाँले निर्णय गर्ने कुरा हो ।’

पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीतिकर्मीका नाताले मुलुक, जनता र राजनीतिक अवस्थाबारे चासो र चिन्ता व्यक्त गर्नु स्वाभाविक भएको तर्क राईको छ ।

फरक प्रसंगमा राईले कर्मचारीबारे प्रश्न उठ्दैमा गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिन जरुरी नरहेको भन्दै उनको बचाउ गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us