
काठमाण्डू, २८ जेठ– कांग्रेसका नेता शेखर कोइरालाले सरकारले सञ्चारमाध्यम र सञ्चारकर्मीप्रति अनुदार व्यवहार प्रदर्शन गरेको भन्दै आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत बुधबार साँझ आफ्नो धारणा सार्वजनिक गर्दै कोइरालाले कुशासनको दुस्चक्रमा फसेको सरकार सञ्चार माध्यम, सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथि खनिएको टिप्पणी गरेका हुन् ।
राज्यले सञ्चारकर्मी र सञ्चार माध्यममाथि गरिरहेको प्रहार सह्य नहुने उनको चेतावनी छ ।
‘सञ्चारमाध्यम र सञ्चारकर्मीप्रति अनुदार हुनु निरंकुशताबाहेक अरू केही हुनै सक्दैन’, कोइरालाले लेखेका छन् ।