सुनसरी–३ मा एमालेकी भगवती चौधरी जित नजीक

२०७९ मंसिर १३ गते १४:२९

काठमाण्डु,१३ मंसिर– सुनसरी–३ मा एमालेकी भगवती चौधरी जित नजीक पुगेकी छन । चौधरीले ३६ हजार १३३ मत प्रप्त गर्दा   उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका विजयकुमार गच्छदारले ३० हजार ६०१ मत ल्याएका छन्। अब १० हजार ६२४ मत गन्न बाँकी छ। चौधरी कांग्रेसका गच्छदारभन्दा ५ हजार...

नेपाल एसबीआई बैंकले आफ्ना लगानीकर्तालाई ३ प्रतिशत बोनस सेयरका रूपमा वितरण गर्ने

२०७९ मंसिर १३ गते १४:०६

काठमाण्डु,१३ मंसिर– नेपाल एसबीआई बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई ३ प्रतिशत बोनस सेयरका रूपमा वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आफ्ना लगानीकर्तालाई हाल कायम चुक्ता पुँजीको १०.५३ प्रतिशतले लाभांश घोषणा गरेको हो । यस्तै, ७.५३ प्रतिशत नगद लाभांश...

भरतपुर महानगरपालिकाद्धारा मापदण्ड विपरीत बनेका संरचनाहरु भत्काउन ३५ दिने सूचना जारी

२०७९ मंसिर १३ गते १३:४९

काठमाण्डु,१३ मंसिर– भरतपुर महानगरपालिकाले मापदण्ड विपरीत बनेका संरचनाहरु भत्काउन ३५ दिने सूचना जारी गरेको छ । नगर क्षेत्र भित्र रहेका मापदण्ड बमोजिम नक्सा पास स्वीकृत गर्नुपर्नेमा सो नगरी बनेका घर, अस्थायी टहरा, पर्खाल लगायतका संरचना हटाउन महानगरपालिकाले सूचना जारी गरेको छ । महानगरले कतिपय...

सीके राउत नेतृत्वको जनमत पार्टी राष्ट्रिय पार्टी बन्यो

२०७९ मंसिर १३ गते १३:३३

काठमाण्डु,१३ मंसिर– सीके राउत नेतृत्वको जनमत पार्टी राष्ट्रिय पार्टी बनेको छ । जनमत प्रत्यक्षमा एक सिट जितेको छ छने समानुपातिकमा पनि ३ प्रतिशतको थ्रेस होल्ड कटाएको छ। समानुपातिक तर्फ कुल खसेको करिब १ करोड ९ लाख मतमध्ये हालसम्म गणना भएको ९७ लाख २२ हजार...

धनुषा ४ को (ख) मा एमालेका महतो विजयी

२०७९ मंसिर १३ गते १३:०९

काठमाण्डु,१३ मंसिर– धनुषा ४ को (ख) मा एमालेका हरिनारायण महतो विजयी भएका छन् । हरिनारायणले १७ हजार ३०२ मत प्रप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी मन्त्री शत्रुधन महतोले १५ हजार ९६० मत पाए । हरिनारायण मिथिला नगरपालिकाका पूर्वमेयर समेत हुन् भने महतो मधेश प्रदेश सरकारका...

थापाथलीको सुकुम्वासी बस्ती हटाउने महानगरको कदमविरुद्ध सुकुम्वासीको प्रदर्शन

२०७९ मंसिर १३ गते १२:४८

काठमाण्डु, १३ मंसिर– काठमाण्डुको थापाथलीमा रहेको सुकुम्वासी बस्ती हटाउन डोजरसहित काठमाण्डु महानगरको टोली सोमबार पुगेपछि सो क्षेत्र तनावग्रस्त बन्एको थियो । मंगलबार बिहानैदेखि उनीहरु आफ्नो वासस्थान हटाउने कदमविरुद्ध आन्दोलित बनेका छन् । मंगलबार बिहानैदेखि उनीहरूले विरोध प्रदर्शन गरेका छन् । संविधानको धारा ३८ को...

सुनको मूल्य घट्यो

२०७९ मंसिर १३ गते १२:२२

काठमाण्डु,१३ मंसिर– नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १०० रूपैयाँले मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला ९७ हजार ४०० रूपैयाँ कारोबार भएको छ । हिजो छापावाल सुन प्रतितोला ९७ हजार ५०० रूपैयाँ कारोबार भएको थियो...

सर्वोच्च अदालतको गेटमा रातो रंग छ्यापेर प्रदर्शन गरेको आरोपमा दुईजना पक्राउ

२०७९ मंसिर १३ गते १२:०३

काठमाण्डु,१३ मंसिर– प्रहरीले सर्वोच्च अदालतको गेटमा रातो रंग छ्यापेर प्रदर्शन गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा घर भएकी बिनु यादव र ज्यास्मिन ओझा रहेका छन । उनली हरुले ‘न्याय चाहियो’ भन्दै रंग फालेर प्रदर्शन गरेका थिय । श्रीमानबाट हिंसामा परेको...

एकीकृत सामाजवादीले चुनावी समीक्षाका लागि सचिवालय बैठक बोलायो

२०७९ मंसिर १३ गते ११:५३

काठमाण्डु,१३ मंसिर– नेकपा एकीकृत सामाजवादीले चुनावी समीक्षाका लागि सचिवालय बैठक बोलाएको छ । बैठक दिउँसो १२ बजेपछि बस्नेगरी बोलाएको उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए । बैठकमा ‘चुनावको समीक्षा र पार्टीको भावी कार्यक्रम लगा यतमा सामान्य छलफल सुरु हुन्छ’, पाण्डेको भनाइ छ । एकीकृत सामाजवादी पार्टीले...

सुशासन र विकासबाट नै जनतामा भ्रम छर्ने प्रवृतिलाई परास्त गर्न सकिन्छ: प्रचण्ड

२०७९ मंसिर १३ गते ११:२६

काठमाण्डु,१३ मंसिर– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिमा देखापरेका आवेग, असन्तुष्टि र निराशालाई सम्बोधन गर्ने ढंगले अघि बढ्ने बताएका छन् । गोरखा–काठमाण्डु सम्पर्क मञ्चले मंगलबार बिहान ललितपुरको खुमलटारमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन । उनले भने, ‘मैले राजनीतिमा देखा पर्न...

उदयपुर–१ मा १० मतदान केन्द्रका १०० मतपत्र बदर गरेर मतगणना सुरु

२०७९ मंसिर १३ गते ११:१०

काठमाण्डु,१३ मंसिर– उदयपुर–१ मा १० मतदान केन्द्रका १०० मतपत्र बदर गरेर मतगणना सुरु गरिएको छ । बदर भएका मतपत्रहरु उदयपुर क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) अन्तर्गतका रहेका छन । मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले प्रदेश (ख) तर्फका १०० वटा मतपत्र दोहोरो परेकाले ती...

धनुषा– ४ मा एमाले सचिव रघुवीर महासेठ विजयी

२०७९ मंसिर १३ गते १०:४८

काठमाण्डु,१३ मंसिर– धनुषा– ४ मा एमालेका सचिव रघुवीर महासेठ विजयी भएका छन् । महासेठले ३२ हजार २३६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले ३२ हजार ११२ मत प्रप्त गरेका छन् । यसअघि २०७४ को निर्वाचनमा पनि महासेठ विजयी भएका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us