सीके राउत नेतृत्वको जनमत पार्टी राष्ट्रिय पार्टी बन्यो

काठमाण्डु टुडे २०७९ मंसिर १३ गते १३:३३ मा प्रकाशित

काठमाण्डु,१३ मंसिर– सीके राउत नेतृत्वको जनमत पार्टी राष्ट्रिय पार्टी बनेको छ । जनमत प्रत्यक्षमा एक सिट जितेको छ छने समानुपातिकमा पनि ३ प्रतिशतको थ्रेस होल्ड कटाएको छ।

समानुपातिक तर्फ कुल खसेको करिब १ करोड ९ लाख मतमध्ये हालसम्म गणना भएको ९७ लाख २२ हजार ९५२ मतमै सीके राउतको पार्टीले ३ प्रतिशतको थ्रेस होल्ड हटाएको हो ।

थ्रेस होल्ड कटाउन १ करोड ९ लाखको सबै सदर मत भएपनि सीके राउतको पार्टीले ३ लाख ३ हजार मत ल्याउनुपर्ने हो । तर, हालसम्मको गणनामै सो पार्टीले ३ लाख २० हजार मत प्रप्त गरीसकेको छ । यससँगै थ्रेस होल्ड कटाउने पार्टीको संख्या ७ पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us