सुनको मूल्य घट्यो

काठमाण्डु टुडे २०७९ मंसिर १३ गते १२:२२ मा प्रकाशित

काठमाण्डु,१३ मंसिर– नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १०० रूपैयाँले मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला ९७ हजार ४०० रूपैयाँ कारोबार भएको छ ।

हिजो छापावाल सुन प्रतितोला ९७ हजार ५०० रूपैयाँ कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनप्रतितोला ९६ हजार रूपैयाँमा कारोबार भएको छ ।

हिजो तेजाबी सुन प्रतितोला ९७ हजार रूपैयाँ कारोबार भएको थियो । सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रूपैयाँ कायम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us