सर्वोच्च अदालतको गेटमा रातो रंग छ्यापेर प्रदर्शन गरेको आरोपमा दुईजना पक्राउ

काठमाण्डु टुडे २०७९ मंसिर १३ गते १२:०३ मा प्रकाशित

काठमाण्डु,१३ मंसिर– प्रहरीले सर्वोच्च अदालतको गेटमा रातो रंग छ्यापेर प्रदर्शन गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा घर भएकी बिनु यादव र ज्यास्मिन ओझा रहेका छन ।

उनली हरुले ‘न्याय चाहियो’ भन्दै रंग फालेर प्रदर्शन गरेका थिय । श्रीमानबाट हिंसामा परेको भन्दै न्याय माग्न सर्वोच्च आएको बिनुको भनाइ छ । मंगलबार सर्वोच्चमा बिनुसँगै पुगेकी ज्यास्मिन महिला अधिकारबादी पनि हुन् ।

बिनुले यसअघि रामेछाप जिल्ला अदालतको इजलासमा विष सेवन गरेर आत्महत्या प्रयास गरेकी थिइन् । पतिविरुद्ध उनले दायर गरेको मुद्दा अहिले पाटन उच्च अदालतमा विचाराधिन रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us