काठमाण्डु,२८कात्तिक–बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभीसी) एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपधी नेपालले कब्जा जमाएको छ । आज भएको फाइनल खेलमा नपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्यो । प्रतियोगिताभर नेपाल अपराजित रह्यो । शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा नेपालले माल्दिभ्सलाई २५-१३,...
काठमाण्डु,२८ कात्तिक -छ करोडकोे घर किनेसँगै विवादमा तानिएका नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछाने झन महँगिदै गएका छन् । लामिछाने पाकिस्तानमा हुने सिजन २०२० को सुपर लिग (पिएसएल) टी–२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको २८ विदेशीसँगै प्लाटिनम श्रेणीमा परेका छन् । आगामी फेब्रुअरीमा...
काठमाण्डु,२८कात्तिक–नेपालले भारतलाई १९४ रनको लक्ष्य दिएको छ । बंगलादेशमा बिहीबारदेखि एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट सुरु भएको हो । त्यस अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली टोलीले भारतसँग खेलिरहेको छ । जारी खेलमा पहिले ब्याटिङ्ग गरेको नेपालले ४४ ओभर पाँच बलमा सबै विकेट गुमाएर...
काठमाण्डु,२७कात्तिक–चीनमा जारी बी एण्ड आर कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाली यू–१९ राष्ट्रिय महिला टोलीलेहिलो जित निकालेको छ । संघाईमा बुधबार भएको खेलमा चीनलाई ८ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकाल्न सफल भएको हो । चीनले दिएको ३८ रनको सामान्य लक्ष्य नेपालले ६...
एजेन्सी–भारतमा जारी यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेटको पहिलो खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ । हैदरवादमा सोमबार भएको पहिलो खेलमा नेपाल भारतको भारत ‘सी’ सँग १० विकेटले पराजित भयो । जिमखाना मैदानमा नेपालले दिएको एक सय १५ रनको सामान्य लक्ष्य भारतले २२।१ ओभरमा बिना विकेटको...
एजेन्सी- भारतका ३० वर्षदेखि चर्चित क्रिकेट खेलाडी सचिन तेन्दुलकरको विश्व कीर्तिमानलाई १५ वर्षीय शेफाली वर्माले तोडेकी छिन् । उनले शनिबार वेस्ट इन्डिज विरुद्धको टी २० क्रिकेट खेलमा ४९ बलमा ७३ रन बनाउँदै सचिन तेन्दुलकरको कीर्तिमानलाई तोडेकी हुन् । अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा ५०...
एजेन्सी -लियोनल मेस्सीले ह्याट्रिक गर्दा स्पेनिस ला लिगामा बार्सिलोनाले सेल्टा भिगोमाथि ४–१ को जित निकालेको छ । क्याम्प नोउमा भएको खेलमा मेस्सीले दुई वटा उत्कृष्ट फ्रीकिक र एउटा पेनाल्टीबाट गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । २३ औं मिनेटमा जुनियर फिर्पोले प्रहार गरेको बल...
काठमाण्डु,२३कात्तिक–नेपालले इंग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब एमसीसी विरुद्धको ट्वान्टी–ट्वान्टी क्रिकेटमा हार व्यहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालको मिक्स टिम एमसीसीसँग ११३ रनको फराकिलो अन्तरले पराजित भएको हो । एमसीसीले दिएको १९० रनको लक्ष्य पछ्याएको नेपाल १३ ओभरमा सबै विकेट गुमाउँदै...
काठमाण्डु,२३कात्तिक–नेपाल भ्रमणमा रहेको मेरिलिबोन क्रिकेट क्लब एमसीसीले टी–२० क्रिकेटमा नेपाललाई १९० रनको चुनौती दिएको छ । टस जितेर ब्याटिङ रोजेको एमसीसीले सात विकेट गुमाउँदै १८९ रन बनायो । एमसीसीका लागि गोडलम्यानले ५४ रनको अर्धशतकीय रन जोडे । एड योङले ४२ रन बनाएका थिए भने...
काठमाण्डु,२३कात्तिक–१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागका लागि महिला फुटबल टिमको घोषणा भएको छ । शनिबार अखिल नेपाल फुटबल संघ एन्फाले साग खेल्ने महिला टोलीको घोषणा गरेको हो । मुख्य प्रशिक्षक हरी खड्काले २० सदस्यीय फुटबल टोली घोषणा गरेका छन् । नेपाली टोलीमा फरवार्डतर्फ...
काठमाण्डु,२२कात्तिक– फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ छनोट अन्तरगत नेपाल र कुवेतबीचको खेल भुटानमा पनि नहुने भएको छ । दशरथ रंगशालामा हुने भनिएको खेल मैदान अयोग्य भन्दै एएफसीले अनुमती नदिएपछि अखिल नेपाल फुटबल संघ एन्फाले भुटानमा गर्ने प्रस्ताव गरेको थियो । तर,...
काठमाण्डु,२२कात्तिक–मेरिलेबोन क्रिकेट क्लब विरुद्धको तीन दिवसीय खेलमा नेपाल २ सय ८ रनको भारी अन्तरको हार बेहोरेको छ । ३ सय ९३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली इनिंग्स ४१ ओभरमा मात्र १ सय ८४ रनमा समेटिएको हो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ५१ रनको...