काठमाण्डु,२८कात्तिक–नेपालले भारतलाई १९४ रनको लक्ष्य दिएको छ । बंगलादेशमा बिहीबारदेखि एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट सुरु भएको हो ।
त्यस अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली टोलीले भारतसँग खेलिरहेको छ । जारी खेलमा पहिले ब्याटिङ्ग गरेको नेपालले ४४ ओभर पाँच बलमा सबै विकेट गुमाएर १९३ रन बनायो ।
नेपालका लागि पवन शराफले ५६, शरद भेषवाकरले ४४ तथा करण केसीले २० रन बनाए । भारतका सौरभ दुबेले चार विकेट लिए । यस्तै पार्थ रेखडेले दुई विकेट लिए ।
ज्ञानेन्द्र मल्लाको कप्तानीमा रहेको नेपाली टोलीले भारतको इमर्जिङ टिमसँग प्रतिस्पर्धा गरिरहेको हो ।
प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङले खेल्ने छन् । आठै देशका इमर्जिङ टिम प्रतिस्पर्धामा छन् ।