काठमाण्डु,२८कात्तिक–बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभीसी) एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपधी नेपालले कब्जा जमाएको छ ।
आज भएको फाइनल खेलमा नपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्यो । प्रतियोगिताभर नेपाल अपराजित रह्यो ।
शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा नेपालले माल्दिभ्सलाई २५-१३, २५-१२ र २५-८ को सेटमा पराजित गर्यो ।
योसँगै नेपाली महिला भलिबल टिमले ऐतिहासिक उपाधि हासिल गरेको छ । नेपाली भलिबलले जितेको यो पहिलो अन्तराष्ट्रिय उपाधि हो ।
यस अघि नेपालले लिग चरणमा माल्दिभ्स,अफगानिस्तान, कीर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा हराएको थियो 