काठमाण्डु, ५ माघ – नेपाल सन २०१५ मा हुने एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको छनोट चरणबाटै बाहिरिएको छ । लगातार तेस्रो हारपछि नेपाल समूहको शीर्ष तीनमा पर्दै अघिल्लो चरण प्रवेश गर्ने सम्भावना सकिएको हो । आइतबार न्युजिल्याण्डमा भएको आफ्नो तेस्रो खेलमा नेपाल हङकङसँग १० विकेटले...
काठमाण्डु, ४ माघ – सहिद स्मारक ए डिभिजन फुटबलमा नेपाल पुलिस क्लबले संकटा क्लबसँग गोलरहित बराबरी खेलेको छ । यो बराबरीसँगै पुलिसको ६ खेलबाट ११ अंक भएको छ र उसले शीर्ष स्थानमा रहेको मनाङ मर्स्याङदीसँग अंक बराबरी गर्ने मौका पनि गुमाएको छ । निकै...
काठमाण्डु, ४ माघ – एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको छनौट चरण अन्तर्गत सुरुका दुई खेलमा पराजित भएपछि नेपालले सन २०१५ को एकदिवसीय विश्वकप खेल्ने सम्भावना निकै कमजोर बनेको छ । चीरप्रतिद्वन्द्वी युएईसँग १ सय २ र एकदिवसीय खेलका लागि नयाँ प्रतिद्वन्द्धी स्कटल्याण्डसँग ९० रनले पराजित...
काठमाण्डु, ४ माघ – दक्षिण एसियाली साफ फुटबल प्रतियोगिता अन्तर्गत पाकिस्तान विरुद्धको खेलमा नेपाललाई हारको मुखबाट जोगाउन इन्जुरी समयमा महत्वपूर्ण गोल गरेका युवा स्ट्रईकर विमल घर्ती मगर एकाएक सेलिब्रेटी नै बने । नेपालमा मात्रै नभएर विदेशमासमेत उनको क्षमताको राम्रै चर्चा भयो र केही समय...
काठमाण्डु, ३ माघ– सेरेना विलियम्स बर्षको पहिलो ग्रान्डस्लाम टेनिस अष्ट्रेलियन ओपनको चौथो चरणमा पुगेकी छन् । स्लोभाकियाकी डानीयल हान्तुचोभालाई शुक्रबार ६–३ र ६–३ ले हराउँदै शीर्ष बरियताकी अमेरिकन विलियम्स चौथो चरणमा पुगेकी हुन् । शुक्रबारै भएका अन्य खेलमा विजयी हुदै जर्मनीकी अङ्गेली कार्भर र...
काठमाण्डु, २ माघ – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङदी क्लब त्रिभुवन आर्मी क्लवसँग बराबरीमा रोकिएको छ । खेलको चौथो मिनेटमै उपहार गोलबाट आर्मीले अग्रता लियो । मनाङका खेलाडी स्टेफेनको आत्मघाती गोलसँगै आर्मीले अग्रता लियो । १–० ले पछि परेको अवस्थामा मनाङका...
काठमाण्डु, २ माघ – एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको छनौट चरण अन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । न्युजिल्याण्डमा विहीबार भएको खेलमा नेपाल स्कटल्याण्डसँग ९० रनले पराजित भयो । नेपालका कुनै पनि ब्याट्सम्यानले सम्झनयोग्य प्रदर्शन गर्न सकेनन् । कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक...
काठमाण्डु, १ माघ – राधाजनीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत बुधबारका खेलमा दुई विभागिय टिम नेपाल पुलिस र सशस्त्र प्रहरीको एपिएफ विजयी भएका छन् । दशरथ रंगशालामा भएको पहिलो खेलमा एपिएफले रानी पोखरी कर्नर टिम आरसीटीलाई २–१ तथा दोस्रो खेलमा...
काठमाण्डु, ३० पुस – जारी लिगमा खराब फर्मबाट गुज्रिरहेको थ्रीस्टार क्लव मंगलबारको खेलमा पनि बराबरीमा रोकिएको छ । मंगलबार हिमालयन शेर्पासँग थ्रीस्टार २–२ गोलको बराबरीमा रोकिएको हो । खेलको १६ औं मिनेटमा सेगुन अकिनाडेको गोलबाट हिमालयन शेर्पाले अग्रता लियो । एक शून्यले पछि रहेको...
काठमाण्डु, ३० पुस–एस्टन भिलालाई २–१ ले हराउँदै आर्सनल फेरि प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । आर्सनल शीर्ष स्थानमा उक्लिएसँगै म्यानचेस्टर सिटी दोस्रो स्थानमा धकेलिएको छ । आर्सनलको ४८ अंक छ भने म्यानचेस्टर सिटीको ४७ अंक छ । ४६ अंकका साथ चेल्सी तालिकाको तेस्रो...
काठमाण्डु, ३० पुस–चर्चित अर्जेन्टिनाका स्ट्राईकर लियोनेल मेसीलाई पछि पार्दै पोर्चुगलका क्रिस्टियानो रोनाल्डो वर्षका उत्कृष्ट फुटबल खेलाडी घोषित भएका छन् । रियल म्याड्रिड क्लबका अग्रपङ्तिका खेलाडी रोनाल्डोलाई मंगलबार एक समारोहबीच ‘बालन डी ओर’ पुरस्कार प्रदान गरियो । ‘गोल्डेन बल’समेत भनिने यो पुरस्कार रोनाल्डोले वार्सिलोनाका मेसी...
काठमाण्डु, २९ पुस – न्युकासल युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी प्रिमियर लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । सिटीले खेलको आठौं मिनेटमा इडन जेको गोलमार्फत लिएको अग्रता ९० औं मिनेटमा स्पेनिस खेलाडी अल्भारो नेग्रदोले दोब्बर पारे । अर्काेतर्फबाट कुनै गोल...