
काठमाण्डु, ३ – वैशाख नेपाल क्रिकेट संघ क्यान र क्रिक्रेट खेलाडीवीच बुधबार भएको वार्ता पनि बिना निष्र्कष टुंगिएको छ ।
खेलकुद मन्त्रालयमा अपरान्ह भएको वार्तामा सहमति हुन नसकेको हो । खेलाडीले राखेको माग मध्ये पदाधिकारी विघटन गर्नुपर्ने मागमा क्यान सहमत हुन नसकेपछि वार्ता विफल भएको हो ।
वार्ता विना निष्र्कष टुंगिएपछि अहिले क्यानको कार्यालय मध्ये बानेश्वरमा राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष युवराज लामाले खेलाडीसँग छलफल गरिरहेका छन् ।
यसअघि क्यान र खेलाडीबीच मंगलवार भएको वार्ता पनि सहमतिमा पुग्न सकेको थिएन । क्यान पदाधिकारी बिघटनको माग गर्दे खेलाडी आन्दोलनमा छन् । एक साता अघि काडमाण्डुमा पत्रकार सम्मेलन गरेर खेलाडीले एक दिवसिय प्रतियोगिता नखेल्ने घोषणा गरेका थिए ।
…………..