
काठमाण्डु, २६ चैत –एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको नयाँ संस्करण आजबाट सुरु हुँदैछ ।
प्रतियोगिताका खेलहरु काठमाडौं र पोखरामा हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
समूह ए मा साबिक विजेता नेपाल एपिएफ क्लब, वीरगन्ज, त्रिभुवन आर्मी क्लब, बैतडी र पोखरा छन् त्यस्तै समूह बी मा भैरहवा, जनकपुर, विराटनगर, नेपालगन्ज, धनगढी र काठमाडौं छन् ।
समूह ए का खेलहरु पोखरामा हुनेछन् भने समूह बी तथा सेमिफाईनल र फाईनलका खेलहरु काठमाडौंमा हुनेछन् ।
पोखरामा आज हुने उद्घाटन खेलमा वीरगन्ज र बैतडी भिड्नेछन् । यसैगरी आजै काठमाडौंको पुल्चोक इन्जिनियरिङ क्याम्पस मैदानमा हुने खेलमा काठमाडौं र भैरहवा बीच प्रतिष्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उपविजेता १ लाख रुपयाँ पुरस्कार पाउने छन् । त्यस्तै म्यान अफ द सिरिजले २५ हजार तथा प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले समान १५ हजार पाउने छन् ।