
काठमाण्डु, ३ बैशाख – आर्सनल ईङ्लिस प्रिमियर लिग फूटबलको चौथो स्थानमा उक्लिएको छ ।
मंगलवार राति भएको खेलमा वेस्टह्यामलाई एकका विरुद्ध तीन गोलले हराएर आर्सनल चौथो स्थानमा उक्लिदै च्याम्पियन्स लिग फूटबल खेल्ने होड कायमै राखेको छ ।
ईङ्लिस प्रिमियर लिगको उपाधि होडबाट बाहिरिसकेको आर्सनल चौथो स्थानमा रहेर अर्को वर्ष हुने च्याम्पियन्स लिग फूटबल खेल्ने होडमा छ ।
आर्सनलको ३४ खेलबाट ६७ अंक भएको छ भने एक खेल कम खेलेको एभर्टनको ६६ अंक छ । आर्सनललाई चौथो स्थानमा फर्काउन लुकास पोडोल्स्कीले दुई र ओलिभर जिरौडले एक गोल गरे ।