खेलकुद

एशिया कप छनोटः नेपालले ओमनसँग भिड्ने

२०७५ भदौ १२ गते १५:३३

काठमाण्डु १२ भदौ – एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गतको उद्घाटन खेलमा नेपालले ओमनको सामना गर्ने भएको छ । मलेसियामा भोलिदेखि सुरु हुने उक्त छनोट खेलमा नेपालले विजय लक्ष्यसाथ ओमनसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल नेपाली समय अनुसार बिहान ७ः४५ बजे बायुमास ओभल क्रिकेट मैदानमा...

एसियन गेम्सः नेपालको पदकविहीन यात्रा कायमै

२०७५ भदौ १२ गते १३:०६

काठमाण्डु, १२ भदौ – इन्डोनेसियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदको ११ दिनसम्म आइपुग्दा नेपाल अझै पदकविहीन कै अवस्थामा छ । एशियाडमा पदक जितेको इतिहास रहेको कराँते, बक्सिङ र तेक्वान्दोमा नेपाल यसपाली पदकविहीन हुँदा अन्य खेलमा पदक जित्ने आशा झनै कम हुँदै गएको छ...

तेइस खेलाडी बन्द प्रशिक्षणमा

२०७५ भदौ १२ गते ११:०७

काठमाण्डु, १२ भदौ – एएफसी यू–१६ महिला च्याम्पियनसिप छनोट प्रतियोगिताका लागि नेपाली फुटबल टोलीका लागि बन्द प्रशिक्षण शुरु गरिएको छ । नेपालमा आगामी असोज ३ गतेदेखि आयोजना हुने उक्त छनोट प्रतियोगिताका लागि २३ महिला खेलाडी बन्द प्रशिक्षणमा छन् । छनोट प्रतियोगिताको समूह ‘ई’ मा...

गोदावरीमा बहूद्देश्यीय रङ्गशाला बन्दै

२०७५ भदौ ११ गते १६:४६

ललितपुर, ११ भदौ – गोदावरी नगरपालिका– ११ स्थित गोदावरी बहूद्देश्यीय रङ्गशाला निर्माण शुरु भएको छ । गत वर्षदेखि रङ्गशालाको निर्माण शुरु भएकामा आगामी दुई वर्षमा सक्ने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ । रङ्गाशाला निर्माणले यस क्षेत्रमा खेलकूदको विकास गर्न सहयोग पुग्ने नगर प्रमुख गजेन्द्र...

साफका लागि नेपाली फुटबल टिमको घोषणा, को–को परे ?

२०७५ भदौ ११ गते १३:५८

काडमाण्डु, ११ भदौ – आसन्न साफ च्याम्पियनसिप फुटबलका लागि नेपाली फुटबल टिमको घोषणा भएको छ । मुख्य प्रशिक्षक बालगोपाल महर्जनले २० खेलाडीको नामावली सार्वजनिक गरेका हुन् । विराज महर्जनको कप्तानीमा रहेको नेपाली टिममा निराजन खड्का र सुमन अर्याल टिममा स्थान बनाउन सफल भएका छन्...

सभामुख महराले गरे तेक्वान्दो खेलाडीहरुलाई विदाइ

२०७५ भदौ ११ गते १३:२२

काठमाण्डु, ११ भदौ – सभामुख कृष्णबहादुर महराले ग्लोबल तेक्वान्दो डेमोस्टेसन प्रतियोगितामा भाग लिन दक्षिण कोरिया जान लागेका तेक्वान्दो खेलाडीलाई बिदाई गरेका छन् । सोमबार बिहान सभामुखको सरकारी निवास वालुवाटारमा एक कार्यक्रमको आयोजना गरी नेपाल तेक्वान्दो संघका खेलाडी टोलीलाई सभामुख महराले विदाई गरेका हुन् ।...

क्रिकेट टोली मलेसिया प्रस्थान

२०७५ भदौ ११ गते १३:०७

काठमाण्डु, ११ भदौ – एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्न नेपाली राष्ट्रिय टोली आज मलेसियातर्फ प्रस्थान गरेको छ । एशिया कप छनोट खेल आजदेखि मलेसियामा शुरु हुँदैछ । श्रीलङ्कामा एक साताको विशेष प्रशिक्षण र तीन अभ्यास खेल खेलेपछि टोली आज मलेसिया प्रस्थान गरेको...

ला लिगामा बार्सिलोनाको दोस्रो जित

२०७५ भदौ ११ गते ११:०६

एजेन्सी । ओसामाने डेम्बेलेको निर्णायक गोलमा साबिक विजेता बार्सिलोनाले शनिबार रियाल भालाडोलिडलाई १–० ले निराश पार्दै स्पेनिस ला लिगामा दोस्रो जित दर्ता गरेको छ । भालाडोलिडका किकोले इन्जुरी समयको तेस्रो मिनेटमा गोल गर्दै टोलीलाई खेलमा फर्काएपछि बार्सिलोना ला लिगाको दोस्रो खेलमा अंक बाँड्ने संघारमा...

नेपालसँग कोल्ट्स पाँच विकेटले पराजित

२०७५ भदौ १० गते १७:४०

काठमाण्डु, १० भदौ – श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले तेस्रो तथा अन्तिम अभ्यास खेलमा आइतबार स्थानिय कोल्ट्स क्रिकेट क्लबविरुद्ध ५ विकेटले जित हात पारेको छ । मलेसियामा अगष्ट २९ तारिख देखि सुरु हुने एसिया कप छनौटका लागि नेपालले श्रीलंकामा खेलेका तीनवटै अभ्यास खेलमा...

विश्व कीर्तिमानको तयारी पूरा

२०७५ भदौ १० गते १५:१२

काठमाण्डु, १० भदौ – सबैभन्दा लामो समयसम्म बोलेर नयाँ विश्व कीर्तिमान बनाउने तयारीमा जुटेका अनन्तराम केसीको अभियानको सम्पूर्ण तयारी पूरा भएको छ । केसीले सोमबारदेखि गोकर्णेश्वर–५ स्थित ईस्ट पोल माविमा बिहान ६ बजेदेखि अभियान शुरु गर्न सम्पूर्ण तयारी पूरा भएको कार्यक्रमको संयोजन गरिरहेका न्यू...

नेपालले पायो २१७ रनको लक्ष्य

२०७५ भदौ १० गते १४:१३

काठमाण्डु, १० भदौ – भदौ १३ गतेदेखि मलेसियामा सुरू हुने एसिया कप छनोट प्रतियोगिताको तयारीका लागि श्रीलंका पुगेको नेपाली क्रिकेट टोलीले आज तेस्रो तथा अन्तिम अभ्यास खेलमा कोल्ट्स क्रिकेट क्लबबाट २१७ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको कोल्टस् क्रिकेट क्लबले...

एसियाडः चेलिमोलाई म्याराथनमा स्वर्ण पदक

२०७५ भदौ १० गते १४:०२

जकार्ता, १० भदौ – इन्डोनेसियामा जारी एसियाडमा बहराइनकी विश्व च्याम्पियन धाविका रोज चेलिमोले प्रथम हुँदै स्वर्ण पदक जितेकी छिन् । केन्यामा जन्मिएकी धाविका चेलिमोले निर्धारित दूरी २ घण्टा ३४ मिनेट ५१ सेकेन्डमा पार गरेकी थिइन् । उनले निकटम प्रतिस्पर्धीहरु भन्दा ३ किलोमिटरको अग्रता बनाएर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us