रंग-तरङ

‘मर्दानी २’ मा रानीको यस्तो रुप

२०७६ वैशाख १८ गते १४:५९

एजेन्सी – बलिउड अभिनेत्री रानी मुख्रजी स्टारर ‘मर्दानी २’को पहिलो झलक सार्वजनिक भएको छ । सार्वजनिक फोटोमा उनलाई एक प्रहरी अधिकारीको पोशाकमा देखाइएको छ । यशराज फिल्मसले ट्वीटरबाट रानीको तस्वीर सार्वजनिक गरेको हो । रानी गत वर्ष ‘हिच्की’नाम सिनेमामा देखिएकी थिइन् । सो सिनेमाले...

करण जोहरको ‘कठपुतली’ भन्दा मलाई फरक पर्दैनः आलिया भट्ट

२०७६ वैशाख १८ गते १४:२६

एजेन्सी – करण जोहरले बलिउडमा डेब्यू गराएका अभिनेत्री आलिया भट्ट थोरै समयमा धेरै हिट फिल्म दिने अभनेत्रीमा पर्छिन् । फिल्म स्टुडेन्ट अफ द इयरमार्फत करणले आलियालाई डेब्यू गराएका हुन् । अहिले पनि हरेक फिल्म साइन गर्नु पूर्व आलिया करणको सल्लाह लिने गर्छिन् । यही...

सलमानले अक्षय कुमारलाई किन फोन गरे ?

२०७६ वैशाख १८ गते १२:३८

एजेन्सी – बलिउडका दुई प्रतिक्षित चलचित्र ‘सुर्यवंशी’ र ‘इन्शाअल्ला’ एक साथ रिलिज हुने कुराले निकै चर्चा पाइरहेको छ । नायक अक्षय कुमार अभिनित ‘सुर्यवंशी’ र नायक सलमान खान स्टारर ‘इन्शाअल्ला’ दुबै चलचित्रले सन् २०२० को इदलाई आफ्नो रिलिज मिति तय गरेका छन् । इद...

बच्चा जन्माएपछि १०२ किलो भएकी थिइन् यी नायिका

२०७६ वैशाख १८ गते १२:२७

एजेन्सी – बलिउडकी नायिका समिरा रेड्डी लामो समयदेखि फिल्मबाट टाढा छिन् । हालै उनले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्ना दुई वटा फोटो सेयर गरेकी छिन् । उक्तफोटोमा समिराले सन् २०१५ मा गर्भावस्थापछि र अहिलेको तस्बिर दाँजेकी छिन् । समिराले आफ्नो इन्स्टग्राममा तस्बिर सेयर गर्दै...

गायक पेबो ब्रायसनलाई हृदयघात

२०७६ वैशाख १८ गते ११:४९

एजेन्सी – हलिउडका चर्चित गायक पेबो ब्रायसनलाई हृदयघात भएको छ । उनको अहिले अस्पतालमा उपचार भइरहेको उनका प्रवक्ताले बताएका छन् । ब्रायसनका प्रवक्ताको अनुसार उनको अवस्था अहिले खतरामुक्त रहेको छ । ब्रायसनले डिज्नीको हिट फिल्ममा गाएको ‘ब्यूटी एण्ड द बीस्ट’ र ‘अलादीन’ गीत लोकप्रिय...

…तर, दोस्रो व्यक्तिको म जिम्मा लिन सक्दिनँः कट्रिना कैफ

२०७६ वैशाख १७ गते १३:४२

एजेन्सी – बलिउड नायिका कट्रिना कैफले रणवीर कपुरसँगको ब्रेकअपबारे मुख खोलेकी छन् । ‘अजिब प्रेमकी गजब कहानी’को सेटबाट सुरु भएको उनीहरुको प्रेम ‘जग्गा जासुस’ चलचित्र रिलिज पछि टुट्यो । उनीहरु एक–आपसमा किन अलग भए भन्ने बिषयमा धेरै कारण सार्वजनिक भैरहेका छन् । हाल एक...

हरर चलचित्र ‘कोकाकोला’मा सन्नी लियोनी

२०७६ वैशाख १७ गते १२:३७

एजेन्सी – पूर्व पोनस्टार एवम् बलिउडकी नायिका सन्नी लियोनीले एक नयाँ चलचित्रमा संझौता गरेकी छिन् । सन्नीले ‘कोकाकोला’ नामक हरर चलचित्रमा काम गर्ने पक्का भएको हो । यो चलचित्रको छायांकन जुनबाट सुरु हुने बताइएको छ । यो चलचित्रको छायांकन देहरादुन, हरिद्धार लगायतका स्थानमा गरिनेछ...

बक्स अफिसमा धमाका मच्चाउने प्लानमा साहरुख खान

२०७६ वैशाख १६ गते १४:०६

एजेन्सी – पछिल्लो समय रिलिज चलचित्र ‘जिरो’ असफल भएपछि नायक साहरुख खान नयाँ चलचित्रमा काम गर्न धेरै पटक सोचिरहेका छन् । उनले, केही समय अगाडि जुन महिनामा आफ्नो नयाँ प्रोजेक्टको बारेमा जानकारी दिने बताएका थिए । तर, साहरुख खानले अब यो योजना पनि पछाडि...

‘कप्स’को ट्रेलर सार्वजनिक

२०७६ वैशाख १६ गते १२:२२

काठमाण्डु, १६ बैशाख – नेपाली चलचित्र ‘कप्स’ को ट्रेलर सार्वजनिक भएको छ । नायक अनुप विक्रम शाही लिड भूमिकामा रहेका चलचित्र बक्स अफिसमा सफल छैनन् । अनुपविक्रम शाहीलाई चलचित्रमा प्रहरीको भूमिकामा देख्न सकिनेछ । सम्राट सापकोटाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रले एक...

ट्युमरको अपरेशनपछि स्वेता खड्काले लेखिन् भावुक स्टाटस

२०७६ वैशाख १६ गते ११:१६

काठमाण्डु , १६ वैशाख – नायिका श्वेता खड्काको गर्धनमा ट्युमर देखिएपछि भारतको अस्पतालमा शल्यक्रिया गरिएको छ । श्वेताले आफ्नो फेसबुकमा अस्पतालका फोटोहरु राख्दै आफैले यसबारे जानकारी दिएकी हुन् । मेरो दोस्रो जीवन शीर्षकमा श्वेताले भावुक स्टायटस लेखेकी छिन्, ‘जीवनले मसँग अर्को खेल खेलेको छ...

संगीतकार बिजु बज्रको निधन

२०७६ वैशाख १५ गते १६:४५

काठमाण्डु, १५ वैशाख – चर्चित संगीतकार बिजु बज्रको हृदयघातका कारण निधन भएको छ । संगीत गायन र रचना तीन विधामा सक्रिय ब्रजको आइतबार बिहान हृदयघातका कारण ४८ वर्षकै अल्पायुमा निधन भएको हो । हृदयघात भएपछि उनलाई उपचारका लागि सिभिल अस्ताल पु¥एइएको र त्यहाँ उपचारकै...

एनसेलविरुद्ध उत्रिन रेखा थापाको आह्वान

२०७६ वैशाख १५ गते १५:१२

काठमाण्डु, १५ वैशाख – अभिनेत्री रेखा थापाले एनसेलबाट अर्बौंको पूँजीगत लाभकर असुलीका लागि दवाव दिन युवालाई आह्वान गरेकी छन् । चलचित्र निर्मातासमेत रहेकी अभिनेत्री थापाले एनसेलले लुट मच्याउँदा पनि सरकारले केही गर्न नसकेको उल्लेख गर्दै त्यसको विरुद्ध युवा अग्रसर हुनुको विकल्प नरहेको पनि स्पष्ट...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us